४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लिभरपुल अन्तिम १६ मा, पिएसजीको जितमा शीर्ष खेलाडी चम्के



एजेन्सी,
च्याम्पियन्स लिग फुटबलमा गत बर्षको उपविजेता लिभरपुल र पिेरिस सेन्ट जर्मेन पिएस जी विजयी हुँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भएका छन् ।

समूह चरणको आफ्नो अन्तिम खेलमा मंगलबार राति इटालियन क्लब नापोलीमाथि १–० गोलको झिनो अन्तरको गोलले हराउँदै इंग्लिस क्लब लिभरपुलले नकआउट चरणमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले नापोलीलाई १–० ले हराएको हो । लिभरपुलको लागि ३४ औँ मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरे ।


यो जितपछि लिभरपुल समूह सी को उप विजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो । समान नौ अंक नै भए पनि नापोली भने समूह चरणबाटै बाहिरियो ।
यस्तै यसै समुहबाट फ्रान्सेली क्लब पिएसजी ले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ । मंगलबार राति नै भएको खेलमा पिएसजीले रेड स्टारलाई ४–१ ले हरायो ।पिएसजीको जितमा एडिन्सन काभानी, नेइमार, माक्र्वीन्होस र केलियन एमबाप्पेले गोल गरे । रेड स्टारका लागि गोबिल्जिकले एक गोल फर्काए ।

प्रकाशित मिति : २६ मंसिर २०७५ बुधबार ००:००  १ : ४६ बजे