४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बार्सिलोनालाई बराबरीमा रोक्दै टोटनह्याम च्याम्पियन्स लिगको अन्तिम १६ मा



एजेन्सी,
टोटनह्यामले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । लिग अन्तर्गत गयराति भएको खेलमा स्पेनिस क्लव बार्सिलोनालाई १–१ को बराबरीमा रोक्दै टोटनह्यामले अन्तिम १६ को स्थान पक्का गरेको हो ।

समूह बी अन्तर्गतको खेलमा १ गोलले पछि परेको अवस्थामा टोटनह्याम पछि परेको अवस्थबाट बराबरी गर्न सफल भयो । सातौँ मिनेटमा उसमान डेम्बेलेको गोलबाट घरेलु टोली बार्सिलोनाले सुरुवाति अग्रता लिए पनि अन्त्यसम्म त्यसलाई जोगाउन सकेन । खेलको ८५ औँ मिनेटमा लुकास माउराले टोटनह्यामका लागि बराबरी गोल गरे । यस्तै समूह उपविजेता बनेर अन्तिम १६ मा पुग्ने होडमा रहेको इटालियन क्लब पिएसभी एन्थोवेनसँग १–१ को बराबरीमा रोकिनु टोटनह्यामका लागि लाभदायक बनेको थियो ।

समान ८ अंक भए पनि गोलअन्तरका आधारमा टोटनह्याम समूह उपविजेता बनेको हो । यो समूहबाट समूह विजेताका रुपमा बार्सिलोनाले यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७५ बुधबार ००:००  १ : ३५ बजे