४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हेमराज माविको प्रअ कक्षमा ताला, शिक्षक संगठनले जनायो आपत्ति



मायादेवी अनलाइन, वाणगंगा ।
विभिन्न सात बुँदे माग राख्दै हेमराज मावि हथौसाको प्रधानाध्यापकको कार्यकक्षमा लगाइएको ताललाई नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति कपिलवस्तु र नगर कार्य समिति वाणगंगाले आपत्ति जनाएका छन ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै संगठनका जिल्ला अध्यक्ष रमेश पन्थी र वाणगंगा नगर अध्यक्ष जगतराज रेश्मीले प्रअको कार्यकक्षमा लगाइएको ताला प्रति गम्भिर आपत्ति प्रकट गर्दै घटनाको खेद प्रकट गर्नुभएको छ ।
प्रजातान्त्रिक पद्धती अनुसार आफ्ना विचार प्रकट गर्ने मौलिक हक अधिकारको व्यवस्था हुदा हुदै, विचार विमर्श छलफल आदीलाई लत्याउँदै केही शिक्षा विरोधी समूहद्धारा लगाइएको ताला प्रति खेद प्रकट गर्दछौै जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त तालालाई यथाशक्य खोलेर विद्यार्थीले पढ्न पाउनुपर्ने अधिकार र पेशागत सुरक्षाको ग्यारेन्टी गर्न संगठनले सम्बन्धित निकाय समक्ष माग पनि गरेको छ ।
विद्यालयका प्रध्यानाध्यापकले एकलौटी ढङ्गले विद्यालय चलाएको भन्दै आइतबार केही अभिभावकले आपत्ति जनाउदै प्रअ कक्षमा तालाबन्दी गरेका छन ।

प्रकाशित मिति : २६ मंसिर २०७५ बुधबार ००:००  १२ : २९ बजे