४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चारनम्बरमा जारी दशौं कपिलवस्तु महोत्सवमा दर्शकको घुइँचो, आइडलबाट को बाहिरियो ?



मायादेवी अनलाइन, वाणगंगा ।
मंसिर १८ गते मंगलबार देखि कपिलवस्तुको बाणगंगा नगरपालिका चारनम्बर बुद्धरंगशालामा दशौं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन भैरहेको छ । महोत्सवको आठौं दिन सम्म आईपुग्दा ढाई करोड बढीको आर्थिक कारोबार भएको छ भने एक लाख बढी दशर्कले अवलोकन गरेका छन । मंगलबारको दिन मात्र महोत्सवमा १४ हजार दर्शकले अवलोकन गरेका छन भने ३५ लाखको आर्थिक कारोबार भएको छ ।
महोत्सवलाई थप आकर्षक बनाउन जिल्लामै सवैभन्दा ठुलो बुद्धको मूर्ति प्रदर्शनी, मायादेवी मन्दिरको झल्को दिने सचिवालय निर्माण, कृषि तर्फ नयाँ प्रविधीको प्रयोग र अवलोकन, पर्यटन प्रवर्धनको प्रचार प्रसार जस्ता विषयवस्तु समावेश गरिएको छ ।
“कृषि र पर्यटनमा आधारित उद्योग व्यापार ! समृद्ध र सुखि कपिलवस्तु निर्माणको आधार !! भन्ने मूलनाराका साथ सञ्चालन भैरहेको महोत्सव विगतको भन्दा फरक रहेको कपिलवस्तु उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका निर्देशक रुक बहादुर भुसालले बताउनुभयो ।
महोत्सवमा कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन प्रवर्धन, संस्कृती प्रवर्धन, आठौं कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतिको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुती, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क रहेको निर्देशक भुसालले बताउनुभयो ।
महोत्सवमा दिनप्रतिदिन दर्शकको सभागीता बढीरहेको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक उमानाथ पौडेलले बताउनुभयो । महोत्सवको सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारले विभिन्न प्रस्तुती दिइरहेको संयोजक पौडेलले बताउनुभयो ।
त्यस्तै महोत्सव स्थल भित्र रहेको सचिवालय र बुद्धको मूर्तिमा फोटो खिचाउने दर्शकहरुको भिड लाग्ने गरेको छ । महोत्सवमा आउने दर्शकहरुले बुद्धको मुर्ति अघि सेल्फी खिचेर फोटो आफनो फेसबुकमा राख्ने होड नै चलेको छ ।
यसैबीच महोत्सवमा कृषि स्टलमा पनि दर्शकको भीँड लागेको छ । महोत्सव स्थलमै माछा मारेर ग्राहकले ताजा र स्वादिलो माछा खाएर छुटटै स्वाद लिएका छन् । महोत्सवमा कृषि औजार तथा मेसिनरीहरु प्रदर्शनीले दर्शकहरुको मन जितेको छ ।
यता दशौं कपिलवस्तु महोत्सवको आठौं डान्स आइडल पनि दिन प्रतिदिन रोमाञ्चक हुँदै गएको छ । १७ जना प्रतिस्पर्धीबाट शुरु भएको आइडल आठौ दिन सम्म आइपुग्दा सात जनाले मात्र आफ्नो प्रस्तुति देखाएका थिए । जसमा दर्शकको भोटको आधारमा आज आठौ दिन एक जना बाहिरिएका छन । यसरी बाहिरिनेमा सन्तोष रेग्मी रहेका छन । बुधबार महोसवको नवौं दिन स्नेहा थापा, अविरल अधिकारी, पुजन मल्ल, आज्ञा शर्मा, चाहना गिरी र सोनि लामिछानेको विशेष प्रस्तुती रहने डान्स आइडल संयोजक विरेन्द्र खाँणले बताउनुभयो ।
डान्स आइडल प्रतियोगीताको विजेता पुरुषले टिभिएस मोटरसाइकल र महिला विजेताले टिभिएस स्कुटर प्राप्त गर्नेछन् । यस्तै आइडलको दोस्रो हुनेले नगर रु. १ लाख, तेस्रो हुनेले ५५ हजार र प्रात्साहन स्थान आउनेले २५ हजार नगद प्राप्त गर्ने छन । आइडलमा अहिले सम्मकै सबैभन्दा बढी पुरस्कार राशी भएकोले यसको महत्व र चर्चा चारैतिर भैरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७५ बुधबार ००:००  १२ : २६ बजे