४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश २ मा २५ र २६ गते बिदा



धनुषा ।
प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ ।

विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी हुन हजारौँ भारतीय जनकपुर आएका छन् ।

जनकपुरधाममा जारी सप्ताहव्यापी महोत्सवमा सोमबार राममन्दिरको रामवागमा भगवान् रामको तिलकोत्सव सम्पन्न भएको छ । यस पटक जानकी मन्दिरबाट एक हजार एक भार ९कोशेली० राममन्दिरमा भगवान् रामको तिलकका लागि गएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीलाई भव्यरुपमा मनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा २५ र २६ गते जनकपुर शहरमा दीपावली मनाउन सर्वसाधरणलाई आग्रह गरिएको छ । उपमहानगरपालिकाभित्रको सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरी भव्यरुपमा दीपावली मनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७५ मंगलबार ००:००  ४ : १० बजे