४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बालिका बलात्कारको आरोपमा पाल्पामा एकजना पक्राउ



पाल्पा ।
बालिकालाई बलात्कार गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन् ।

गएको मंसिर ९ गते दिउँसो घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरी फरार रहेको भन्दै पीडित बालिकाका परिवारले प्रहरीमा उजुरी गरेपछि ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीको विशेष टोलीले आरोपीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाइएको छ । पक्राउ पर्नेकोसमेत प्रहरीले परिचय खुलाएको छैन ।

प्रकाशित मिति : २५ मंसिर २०७५ मंगलबार ००:००  ४ : ०९ बजे