४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तु महोत्सव – सातौं दिन १० हजार दर्शकद्धारा अवलोकन, २८ लाखको कारोबार



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा ४ बुद्ध रंगशालामा संचालित दशौं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको सातौं दिन सोमबार १० हजार दर्शकले मेला अवलोकन गरेका छन् । मेला अवलोकन गर्ने दर्शकहरुको उपस्थिती सन्तोषजनक रहेको आयोजकले जनाएका छन् भने २८ लाखको आर्थिक कारोबार भएको छ ।

सोमबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाँण, आधुनिक गायक अर्जुन कौशल, रेष्मा पुन, रुपा जिएम लगायतको स्थानीय कलाकारको प्रस्तुती रहेको थियो । मंगलबार आधुनिक गायक शिव परियार, लोक तथा दोहोरी गायिका प्रिति आले, लोक गायक वसन्त लम्साल लगायतको प्रस्तुती रहने छ ।

यसैबीच महोत्सवको आठौँ कपिलवस्तु डान्स आइडल थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएको छ । डान्स आइडल तर्फ प्रतिष्पर्धीहरु सुनिता चौधरी, स्नेहा थापा, अविरल अधिकारी, पुजन मल्ल, आज्ञा शर्मा, चाहना गिरी, मेनुका मल्ल, सोनि लामिछाने र संतोष रेग्मीको विशेष प्रस्तुती रहेको थियो ।

जसमध्ये आइडलबाट आज पनि थप दुई जना बाहिरिएपछि ७ जना प्रतिस्पर्धी बीच थप रोचक र प्रतिस्पर्धा हुने भएको छ । आइतबारको डान्स आइडलको प्रस्तुती र भोटिङ्कको आधारमा आज सुनिता चौधरी र मेनुका मल्ल बाहिरीएका छन् ।

त्यस्तै महोत्सव स्थल भित्र रहेको सचिवालय र बुद्धको मूर्तिमा फोटो खिचाउने दर्शकहरुको भिड लाग्ने गरेको छ । महोत्सवमा आउने दर्शकहरुले बुद्धको मुर्ति अघि सेल्फी खिचेर फोटो आफनो फेसबुकमा राख्ने होड नै चलेको छ ।

दर्शकको भोट र निर्णायक मण्डलको निर्णयबाट हरेक दिन २ जना बारिदै जानक्रममा उनीहरु बाहिरिएका डान्स आइडल संयोजक वीरेन्द्र खाँणले जानकारी दिनुभयो । अब स्टेजमा ७ जनाले प्रतिस्पर्धा गर्नेछन् । डान्स आइडल प्रतियोगीताको विजेता पुरुषले टिभिएस मोटरसाइकल र महिला विजेताले टिभिएस स्कुटर प्राप्त गर्नेछन् ।

यसैबीच महोत्सवका कृषि स्टलमा पनि दर्शकको भीँड लागेको छ । महोत्सव स्थलमै माछा मारेर ग्राहकले ताजा र स्वादिलो माछा खाएर छुटटै स्वाद लिएका छन् । महोत्सवमा कृषि औजार तथा मेसिनरीहरु प्रदर्शनीले दर्शकहरुको मन जितेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७५ मंगलबार ००:००  २ : ०२ बजे