४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अधिकार प्राप्तिको लागि महिलाको क्षमता विकास हुनु पर्नेमा जोड



मणि प्रसाद गैह्रे, तौलिहवा ।
महिलाहरुको हक अधिकार प्राप्त गर्नको लागि महिलाहरुको क्षमता विकास गर्नु पर्ने एक कार्य्रक्रमका सहभागिले बताएका छन् । नेपाल महिला संघ कपिलवस्तुले तौलिहवामा राखेको कार्यकर्ता भेटघाटमा सहभागिहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै पुर्व सिंचाई राज्यमन्त्री एवं काग्रेंस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले संविधानले प्रदत्त गरेका अधिकार महिलाहरुले पाउन नसकेको बताउनुभयो ।
स्थानीय तह तथा राज्यका निकायमा महिलाको आरक्षण सूरक्षित भएपनि अझै पनि सो पदमा बसेर नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको हुँदा महिलाहरुलाई क्षमता विकास गर्नु पर्ने आचार्यले बताउनुभयो । साथै आर्चायले ग्रामिण क्षेत्रका महिलाहरुको हक हितको लागी सचेतना मुलक कार्यक्रम पार्टी तथा सारोकारवालाहरुले मिलेर गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय कार्यवाहक अध्यक्ष सरस्वती तिवारीले वर्तमान सरकारले महिला माथी हुने हिंसा नियन्त्रण गर्नुको साटो अवराधीलाई पश्रय दिएको आरोप लगाउनुभयो । निर्मला पन्तको हत्यारा तथा निर्मला जस्ता संयौ पिडत महिलाहरुलाई न्याय दिन नसकेको सरकारले अधिकार र समृद्धि दिन नसक्ने दाबी गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य रिना नेपाल, महिला संघकी केन्द्रिय सदस्य रमा पन्त, माया राना, इन्द्रिरा भट्राई, सुमित्रा शर्मा, लगायतले महिला हक अधिकार र क्षमता विकास र १६ दिने लैगिक हिंसा विरुद्धको अभियानको बारेमा वोलेका थिए ।
महिला संघकी जिल्ला अध्यक्ष मिना केसीको अध्यक्षता र महिला संघकी जिल्ला संचिव गौरा शर्माको संचालनमा भएको कार्यक्रममा कांगे्रसका जिल्ला सदस्य माधव पराजुली, लोकनाथ शर्मा लागायतले महिला अधिकारका बारेमा वोल्नुभएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७५ मंगलबार ००:००  १ : ५९ बजे