४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अपाङ्गता परिचयपत्र वितरणका लागि समन्वय समिति गठन, कति सार्थक होला ?



दीपा महत, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरणका लागि स्थानीय समन्वय समिति गठन गरेको छ । लामो समय देखि अपाङ्ग परिचयपत्र नपाएको गुनासाहरु आइरहेको बेला त्यसलाई समाधान गर्नका लागि नगरपालिकाले नगर उपप्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा समिति गठन गरेको हो । नगरपालिकामा सोमबार बसेको नगर कार्यपालिका बैठकले उपमेयर अर्यालको नेतृत्वमा समिति गठन गरेको नगरका प्रबक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै गरी बैठकले केन्द्र सरकार र प्रदेश सरकार संग विभिन्न योजनाको माग गरेको छ । केन्द्र सरकारले दिदै आएको एक स्थानीय तह विशेष योजना अन्तर्रगत भर्लबास–भर्तापुर ओभरहेड ट्याङ्की निर्माणका लागि बजेट माग गर्ने निर्णय भएको छ भने केन्द्र सरकारले दिने समपुरक योजना अन्तरगत ओदारी मावि र महेन्द्र मावि कोपवाको भवन निर्माणका लागि माग गरिएको नगरका प्रबक्ता पौडेलले बताउनुभयो ।
यस्तै समपुरक योजना अन्तर्रगत नै जीतपुर नन्दनगर सिमलपानी सडक निर्माणको माग बैठकले गरेको उहाले बताउनुभयो ।
यस्तै प्रदेश सरकार समक्ष पनि नगरपालिकाले विकास योजनाका विभिन्न माग गरेको छ । यस्तै सडक बोर्ड नेपालले गर्दै आएको सडक मर्मत योजना अन्तर्रगत बुङ्ची–जहदी सडकखण्डमा पर्ने अमरैया–मधौली बीचको सडक मर्मतको लागि माग गरिएको छ ।
यस्तै जलवायु अनुकुलित कार्यक्रम वडा नं. ९ को भर्लावासमा होमस्टे सहित सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठक आगामी पुस २८ गते विहान ८ बजे बस्ने छ । सोमबारको बैठकमा नगर कार्यपालिका सदस्य तथा विषयगत फाँटका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७५ मंगलबार ००:००  १ : ५२ बजे