९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भनाईमा होइन गराईमा उदाहरणीय महोत्सव



मायादेवी अनलाइन ।
विगत भन्दा फरक तरिकारले महोत्सवको आयोजना गर्दै छौ । यो महोत्सव विगतका बर्षमा आयोजना गरिए भन्दा नितान्त भिन्न तरिकाले सम्पन्न हुँदैछ । कपिलवस्तुमा महोत्सव लाग्नेक्रमले एक दशक पार गरेको हुँदा केही फरक दिनुपनि आयोजकको दायित्व हुन आउँछ । यसै अनुसार कपिलवस्तु उद्योग वाणिज्य संघले सुरुबाट नै पृथकता प्रदान गर्ने प्रयास गरिएको छ । जुनकुराको अनूभुति हामीले भन्नु भन्दा पनि दर्शकले अवलोकन गरेपछि आफै बुझ्नु हुने छ । महोत्सवमा पृथकताको कुरा गर्दा गेटबाट नै अवगत गराउन चाहन्छु की हामीले मायादेवी मन्दिरको झल्को आउँने गरी यस पटक गेटको निर्माण गरेका छौं । महोत्सव स्थलमा आइपुग्नुभएका दर्शकहरुले सुरुमा नै लुम्बिनी पुगेर मायोदवी मन्दिर अवलोकन गरेको झ–झल्को पाउनु हुने छ । यसैगरी महोत्सवको अर्को आकर्षण भनेको “कृषि र पर्यटन” हो । विगतका बर्षहरुमा यहाँ मात्र होइन मूलुकका विभिन्न भागमा लाग्ने मेला महोत्सवमा कृषि र पर्यटनको नारा दिने तर दर्शकले त्यस सम्बन्धि केही पनि नपाउने भएको हुँदा यसपटकको कपिलवस्तु महोत्सव कृषि र पर्यटन नै केन्द्रित हुने छ । कृषिकै लागि भनेर १६ भन्दा बढी स्टल राखिएको छ । जहाँ मूलुकका विभिन्न स्थानबाट आएका कृषि प्राविधिक तथा विषेशज्ञले कृषि सम्बन्धि जानकारी दिने, कृषिमा भित्त्रिएका नयाँ प्रविधिको बारेमा जानकारी दिने, कृषक संग बसेर अन्तरक्रिया गर्ने, माटोको उर्वरा क्षमता र कुन माटोमा कस्तो किसिमको खेती गर्न सकिन्छ भन्ने बारे जानकारी दिने गरी व्यवस्था मिलाएका छौं । यसैगरी उद्घाटनसस्त्र पनि विशेष भएको छ । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिको रुपमा कार्यक्रममा आएर कपिलवस्तुको शान र स्वाभिमानलाई राष्ट्रिय स्तरमा चिनाउने मौका पाएका छौं । महोत्सव आयोजकको मात्र नभई सबैको भएकोले यसलाई सबैले समान महत्व दिनुपर्ने आवश्यक्ता छ । -रुक बहादुर भुसाल महोत्सवका निर्देशक हुनुहुन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७५ सोमबार ००:००  २ : ३८ बजे