४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

१६ दिने अभियान अन्तर्रगत वादविवाद कार्यक्रम



गीता पौडेल, चन्द्रौटा ।
“लैंगिक हिंसा र दुव्यबहार छैन हामिलाई स्विकार” भन्ने मुल नाराका साथ महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत आइतबार चन्द्रौटामा बादविवाद भएको छ । लैंगिक हिंसा अन्त्यका लागि नेपालको बर्तमान परिप्रेक्षमा महिलाहरु हिंसामा छन वा छैनन् भन्ने बिषयमा शिबराज नगरपालिकाको सहयोगमा कालिका स्वालम्वन सामाजिक केन्द्रको आयोजनामा बादबिबाद सम्पन्न भएको हो ।
बाद विवादमा प्रथम सृजना पौडेल, द्धितिय नबिन पौडेल र तृतिय बिष्णु बि.क. भएका थिए । कार्यक्रममा सृजना राना, सृजना पौडेल, बिष्णु बि.कले नेपालको बर्तमान परिप्रेक्षमा महिलाहरु हिंसामा छैनन भन्ने तर्क राखेका थिए भने शिबदास यादव, विश्वल कुमार गौतम, आकाश कुमार श्रीवास्त्व र नबिन पौडेलले नेपालको बर्तमान परिप्रेक्षमा महिलाहरु हिंसामा छन भन्ने किषयमा तर्क राखेका थिए ।
कार्यक्रमलाई संबोधन गर्दै शिबराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले महिलाहरुलाई माथि ल्याउने दायित्व राज्यको र स्थानिय तहको भएकाले १६ दिन मात्र हैन कहिले पनि कसै माथि हिंसा गर्दैन र गर्दिन भनि प्रतिबद्धता गर्न सबैलाई अनुरोध अनुरोध गर्नु भएको छ ।
त्यस्तै महिला मानव अधिकार रक्षक संजालका संयोजक मिना परियारले महिला बिरुद्ध हुने सबै खाले हिंसा अन्तय गर्नका युवाहरु एक जुट भएर कार्यान्यन पक्षमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा के आइ नेपालका प्रमुख केशर बिश्वकर्माले युवाहरु जगरुक नभए सम्म परिवर्तन सम्भव नएकाले लैगिंक हिंसा बिरुद्ध सबैले हाते मालो गर्नुपर्ने तर्क गर्नुभयो ।
लैंगिक हिंसा र दुव्यबहार छैन हामिलाई स्विकार भन्ने मुल नाराका साथ महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत शिबराज नगरपालिकाको आर्थीक सहयोग तथा बिभिन्न संस्थाहरुको समन्यवमा बिभिन्न कार्यक्रम गरिएको आयोजकले बताएको छ ।
कार्यक्रम कालिका स्वालम्वन सामाजिक केन्द्रका वरिष्ठ कार्यक्रम संयोजक अर्जुन थापाको अध्यक्षतामा शिबराज नगरपालिका प्रमुख अधिकारीको प्रमुख आथित्यतामा सुदिप चापागाइको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७५ सोमबार ००:००  २ : ३४ बजे