८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

किसानहरुलाई ५० लाख बढिको कृषि साम्रगी वितरण



मणी प्रसाद गैह्रे, तौलिहवा ।
रुपन्देहीको दक्षिणी क्षेत्रमा एक कार्यक्रमका बीच स्थानीय किसानहरुलाई कृषिजन्य साम्रगी तथा साधनहरु वितरण गरिएको छ । कोटहीमाई गाउँपालिकाको वडा नं ४ बैरघाटमा आइतबार एक कार्यक्रमका बीच उक्त साम्रगीहरु वितरण गरिएको हो ।
कतार च्यारिटी नेपालको सहयोग र लुम्विनी एकिकृत विकास संस्था कपिलवस्तुको व्यवस्थापनमा उक्त साम्रगीहरु वितरण गरिएको हो । स्थानीय गाउँपालिकाले छनौट गरेका विपन्न तथा गरिव किसानहरुको लागी आर्यआजर्न गर्नको लागि जिविकोपार्जन परियोजना साना किसान सहायता कार्यक्रम संचालन गरी उनिहरुलाई साम्रगी वितरण गरिएको हो ।
स्थानीय किसानहरुको खेत जोत्नको लागी २ वटा हाते ट्याक्टर १७ जना किसानहरुलाई ८, ८ घारका दरले मौरीका घार, ३८ जनालाई एक सय वटाका दरले लेर्यस कुखुराका चल्ला तथा दाना र खोर निर्माणको लागी जाली वितरण, २५ थान खानेपानीको लागी हेण्ड पम्प वितरण तथा ११ जनालाई ५ वटाको दरले जमुनापारी बाख्रा वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै संघिय सासंद अतहर कमालले विपन्न किसानहरुको आयआजर्नको लागि तालिम तथा कृषिजन्य साम्रग्री वितरणले जिविकोपार्जन तथा आयस्तर उठाउन सहज हुने बताउनुभयो । वितरण गरिएको साम्रग्रीको सही सदुपयोग गर्नको लागि स्थानीय किसान तथा गाउंपालिको निगरानी हुनुपर्ने बताउनुभयो ।
त्यस्तै सांसद प्रमोद यादवले पिछडिएको क्षेत्रमा किसानमुखी कार्यक्रम ल्याएर किसानहरुलाई कृषि पेशामा व्यवसायीक तर्फ लैजानुपर्ने काम भएको हुँदा यसको किसानलाई प्रत्यक्ष फाइदा पुग्ने बताउनुभयो ।
त्यस्तै ५ नं प्रदेशका प्रदेश सदस्य वासिउद्धिन मुसलमनले किसानहरुको आयस्तर बढेमा आर्थिक तथा सामाजिक क्षेत्रको विकास हुने बताउनुभयो । कोटहिमाई गाउंपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले कतार च्यारेटी नेपाल र लिडो नेपालले गाउंपालिका आएर स्थानीय जनताको आयस्तर वुद्धिमा ठुलो योगदान दिएकोमा गाउंपालिकाको तर्फवाट धन्यवाद ज्ञापन गर्नुभयो ।
साथै यादवले आगामी दिनमा अन्य वडा तथा विपन्न वर्गका जनताहरुको आर्यआजर्न र चेतनामुलक कार्यक्रम गर्नको लागी संस्थालाई आग्रह समेत गर्नुभयो । कतार च्यारेटि नेपालका कार्यक्रम अधिकृत जियाउल रहमान खांले नेपालका विपन्न समुदायको आर्थिक अवस्था सुधार गर्न र सचेतना मार्फत दिगो विकास र समुदायको रुपान्तराण्को लागी यस्ता कार्यक्रमहरु संचालनमा ल्याएको वताउनुभयो ।
स्थानीय किसानहरुलाई गाउंपालिको समन्यवमा तालिम तथा साम्रगीहरु वितराण् गरिएको समेत खांले बताउनुभयो । ८ घार मौरी पाएका कोटहिमाई गाउंपालिका वडा नं ५ का स्थानीन अब्दुला खांले ३ दिने मौरी पालन तालिम प्राप्त गरी मौरी पाएपछि राम्रोसंग मौरी पालेर आयआर्जन गर्ने बताउनुभयो । त्यस्तै वडन नं ७ का इसराक अहमदले १०० वटा चल्लालाई राम्रोसंग पालेर वाषर््िाक रुपमा ६० हजार बढि रकम कमाउने योजना रहेको बताउनुभयो ।
वितरण कार्य्रकमा वडा सचिव रुद्रमणी घिमिरेको संचालनमा भएको थियो । सो अवसरमा स्थानीय नेता आशुतोष मिश्रा, गुरु वचन यादव, विरेन्द्र पाल लगायतले किसानहरुलाई दिएको साम्रग्रीको सही रुपमा सदुपयोग गर्नको लागी आग्रह गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७५ सोमबार ००:००  १ : ५३ बजे