९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जग्गा फिर्ता लिन स्ववियुद्धारा सञ्चालक समितिलाई दबाब



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको वाणगंगा बुङ्ची स्थित सिद्धार्थ क्याम्पसको जग्गा स्थानीयले भोगचलन गर्दा पनि क्याम्पस सञ्चालकले कुनै सुनुवाई नगरेको भन्दै स्ववियुले विरोध जनाएको छ । सिद्धार्थ क्याम्पसका स्ववियु सभापति सुशील खत्री र सचिव दिनेश चौधरीले आइतबार एक विज्ञप्ति जारी गर्दै एक हप्ताभित्रमा क्याम्पसको जग्गा फिर्ता लिन माग गरेका छन ।

बर्षौ देखि स्थानीयले जग्गा अतिक्रमण गर्दै आएपनि क्याम्पस प्रशासन मौन बस्नुले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको पनि स्ववियुले जनाएको छ । क्याम्पस आशिंक बन्ने तयारीमा रहेको र कृषि विज्ञान पनि सञ्चालन गर्नुपर्ने भएको भन्दै त्यसको लागि क्याम्पसमा जग्गा प्रयाप्त नभएको बेला अतिक्रमणमा रहेको जग्गा कुनै पनि हालतमा फिर्ता गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।

एक हप्ता भित्र यस बिषयमा क्याम्पस प्रशासनले कुनै सुनुवाई नगरे बाध्य भएर चरनबद्ध आन्दोलनमा उत्रन बाध्य हुने पनि विज्ञप्ति मार्फत स्ववियुले चेतावनी दिएको छ । क्याम्पसको झण्डै १५ विगाह जग्गा स्थानीयले भोगचलन गर्दै आएका छन । पटक पटक उक्त जग्गा क्याम्पसलाई फिर्ता दिन माग हुदै आएपनि स्थानीयले अटेरी गर्दै आएको स्ववियुको दाबी छ ।

प्रकाशित मिति : २४ मंसिर २०७५ सोमबार ००:००  १ : ४९ बजे