९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

महोत्सवमा बुद्धको मूर्तिमा सेल्फी खिच्नेको भिडभाड, तपाई छुट्नु भयो की ?



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा ४ बुद्धरंगशालामा संचालित दशौं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको छैठौं दिन आइतबार ७ हजार दर्शकले मेला अवलोकन गरेका छन् । मेला अवलोकन गर्ने दर्शकहरुको उपस्थिती सन्तोषजनक रहेको आयोजकले जनाएका छन् भने १४ लाखको आर्थिक कारोबार भएको छ । शनिबार मात्रै २० हजार दर्शकले मेला अवलोकन गरेका थिए भने ४० लाखको आर्थिक कारोबार भएको थियो ।
आइतबार चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी, प्रिया राई लगायतको स्थानीय कलाकारको प्रस्तुती रहेको थियो । यसैबीच महोत्सवको आठौँ कपिलवस्तु डान्स आइडल थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएको छ ।
डान्स आइडल तर्फ प्रतिष्पर्धीहरु सुनिता चौधरी, बविता धिताल, स्नेहा थापा, अविरल अधिकारी, पुजन मल्ल, आज्ञा शर्मा, लबिशा घिमिरे, चाहाना गिरी, मेनुका मल्ल, सोनि लामिछाने र संतोष रेग्मीको विशेष प्रस्तुती रहेको थियो ।
जसमध्ये आइडलबाट आइतबार पनि थप दुई जना बाहिरिएपछि ९ जना प्रतिस्पर्धी बीच थप रोचक र प्रतिस्पर्धा हुने भएको छ । शनिबारको डान्स आइडलको प्रस्तुती र भोटिङ्कको आधारमा आइतबार बबिता धिताल र लबिशा घिमिरे बाहिरीएका छन् ।
त्यस्तै महोत्सव स्थल भित्र रहेको सचिवालय र बुद्धको मूर्तिमा फोटो खिचाउने दर्शकहरुको भिड लाग्ने गरेको छ । महोत्सवमा आउने दर्शकहरुले बुद्धको मुर्ति अघि सेल्फी खिचेर फोटो आफनो फेसबुकमा राख्ने होड नै चलेको छ ।
दर्शकको भोट र निर्णायक मण्डलको निर्णयबाट हरेक दिन २ जना बारिदै जानक्रममा उनीहरु बाहिरिएका डान्स आइडल संयोजक वीरेन्द्र खाँणले जानकारी दिनुभयो । अब स्टेजमा ९ जनाले प्रतिस्पर्धा गर्नेछन् । डान्स आइडल प्रतियोगीताको विजेता पुरुषले टिभिएस मोटरसाइकल र महिला विजेताले टिभिएस स्कुटर प्राप्त गर्नेछन् ।
यसैबीच महोत्सवका कृषि स्टलमा पनि दर्शकको भीँड लागेको छ । महोत्सव स्थलमै माछा मारेर ग्राहकले ताजा र स्वादिलो माछा खाएर छुटटै स्वाद लिएका छन् । महोत्सवमा कृषि औजार तथा मेसिनरीहरु प्रदर्शनीले दर्शकहरुको मन जितेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७५ सोमबार ००:००  १ : ४६ बजे