९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

महोत्सवको पाचौं दिन हजारौं दर्शकद्धारा अवलोकन, लाखौको कारोबार



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा ४ जितपुरमा रहेको बुद्ध रंगशालामा जारी दशौं कपिलवस्तु महोत्सव तथा कृषि औद्योगिक प्रदर्शनीमा आज अहिलेसम्म धेरै कारोबार भएको छ । शनिबार भएकाले बढि दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएका छन् । शनिबार मात्रै २० हजार दर्शकले मेलका अवलोकन गरेका छन भने ४० लाखको आर्थिक कारोबार भएको छ ।
शनिबार पनि निशुल्क आखाँ शिविर भएको छ । लायन्स क्लब अफ कपिलवस्तुले राखेको आखाँ शिविरमा ३ सय ५५ जनाले निशुल्क आखाँ जाच गराएका दृतिय उपाध्यक्ष सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
आइतबार चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी लगायतको प्रस्तुती रहेको छ । शनिबार पप तथा आधुनिक गायक आस्था राउत, लोक दोहोरी गायक विधान कार्की र संस्कार व्याण्डको प्रस्तुती रहेको थियो ।
यसैबीच महोत्सवको आठौँ डान्स आइडल थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएको छ । बुधबारबाट सुरु भएको आइडलबाट शनिबार पनि थप दुई जना बाहिरिए पछि आइडल थप रोचक र प्रतिस्पर्धात्मक बनेको हो । हिजोको प्रस्तुको आधारमा शनिबार अनुराधा चौरसिया र कृष्टी खड्का बाहिरीएका छन ।
दर्शकको भोट र निर्णायक मण्डलको निर्णयबाट हरेक दिन २ जना बारिदै जानक्रममा उनीहरु बाहिरिएका डान्स आइडल संयोजक वीरेन्द्र खाँणले जानकारी दिनुभयो । अब स्टेजमा ११ जनाले प्रतिस्पर्धा गर्ने छन । प्िरतयोगीताको विजेता पुरुषले टिभिएस मोटरसाइकल र महिला विजेताले टिभिएर स्कुटर प्राप्त गर्नेछन ।
यसैबीच महोत्सवका कृषि स्टलमा पनि दर्शकको भीँड लागेको छ । महोत्सवमा कृषि औजारहरु मकै महोत्सवमा कृषि औजारहरु मकै छोडाउने मेसिन र बीउ छर्ने मेसिन हेर्न पनि किसानको भीँड लागेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ५ : १९ बजे