४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

टोटनह्यामले लेस्टर सिटीलाई हरायो



एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा टोटनह्याम तेस्रो स्थानमा फर्किएको छ । लेस्टर सिटीलाई २–० ले हराउँदै टोटनह्याम पुनः तेस्रो स्थानमा उक्लियो ।

टोटनह्यामको जितमा सङ ह्योङ मिन र डेली एल्लीले एक एक गोल गरे । लेस्टरको मैदानमा भएको खेलको पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ह्योङ मिनले टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

५८औं मिनेटमा एल्लीले ह्योङ् मिनको पासमा गोल गर्दै टोटनह्यामलाई २–० को अग्रता दिलाएका थिए । जितसँगै टोटनह्याम ३६ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । लेस्टर भने २२ अंकका साथ नवौं स्थानमा छ ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ५ : ०० बजे