४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मेस्सीको हाने दुई गोल, बार्सिलोनाले जित्यो



एजेन्सी ।
स्पेनिस ला लिगामा बार्सिलोनाले स्पानोयललाई चार शून्यले पराजित गरेको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । खेलको १७ औं मिनेटमा नै लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि २६ औं मिनेटमा मेस्सीको पासमा डिम्बेलेले गोल गर्दै बार्सिलोनालाई दुई शून्यले अगाडि राखे ।

४५ औं मिनेटमा डिम्बेलेको पासमा लुइस स्वारेजले बार्सिलोनाका लागि तेस्रो गोल गरे । पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको बार्साले ६५ औं मिनेटमा चौथो गोल र्गयो ।

यसपटक टिमका लागि मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । जितपछि बार्सा १५ खेलबाट ३१ अंक बनाउदै लिगको शीर्ष स्थानमा छ भने दोस्रो स्थानको सेभियाको २८ अंक छ ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ४ : ५६ बजे