४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सलाहको ह्याट्रिकमा लिभरपुलको जित



एजेन्सी ।

मोहम्मद सलाहको ह्याट्रिकको मद्धतले इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथलाई चार शून्यले हरायो ।

बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सलाहको उत्कृष्ट प्रदर्शनका कारण लिभरपुलले सहज जित निकाल्यो । एकतर्फि जस्तो बनेको खेलको २५ औं मिनेटमा सलाहले उत्कृष्ट गोलमार्फत लिभरपुललाई अग्रता दिलाए ।

पहिलो हाफसम्म लिभरपुलले बर्नमाउथको पोष्टमा अरु पनि राम्रा आक्रमण गरे पनि गोल भने गर्न सकेन । तर ४८ औं मिनेटमा पुनः सलाहले रोबेर्टो फेरमिन्होको पासमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दुई शून्यको बढत दिलाए ।

६८ औं मिनेटमा बर्नमाउथका कुकले आत्मघाती गोल गरेपछि लिभरपुल तीन शून्यले अगाडि रह्यो । ७७ औं मिनेटमा फेरी सलाहले लिभरपुलका लागि चौथो गोल गर्दा ब्यक्तिगत ह्याट्रिक पूरा गरे ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ४ : ५५ बजे