४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अभियान्ता बेल्बासेले गरे सामाजिक काम, विरामी आलेलाई आर्थिक सहयोग



मायादेवी अनलाइन, अर्घाखाँची ।
सामाजिक अभियान्ता गणेश बेल्बासेले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ निवासी शान्ति आलेका आफन्तलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।

शिवराज नगरपालिका-५ चन्द्रौटा स्थित दुर्गामन्दिरमा आयोजित हस्तान्तरण गर्ने एक कार्यक्रमका बिच सामाजिक अभियान्ता गणेश बेल्बासे र अर्का सहयोगी घन बहादुर गाहाले बिरामी पिडित शान्ति आलेको उपचारका लागि उहाँका मामा शुभास मसाङ्गीलाई १ लाख १८ हजार ८ सय ८५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।
अभियान्ता गणेश बेल्बासे र घन बहादुर गाहाले शितगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भिम बहादुर केसीको प्रमुख उपस्थितीमा पिडित शान्ति आलेका आफन्तलाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष भिम बहादुर केसीले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले गणेश बेल्बासे संगमले संचालन गरेको ’’आर्थिक संकलन अभियान’’ मार्फत जम्मा भएको रकम पिडित आलेलाई प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । गणेश बेल्बासे जस्ता सामाजिक अभियान्ताका कारणले जो कोही पनि गरिबीको कारण ज्यान गुमाउन नपर्ने कुरा उहाँले व्यक्त गर्नुभयो ।

पाँकुरी आधारभूत विद्यालयका प्रअ समेत रहेका गणेश बेल्बासे विभिन्न २ दर्जन भन्दा बढी संघ संस्थामा आबद्ध भएर निस्वार्थ रुपमा सामाजिक विकासमा अग्रणी भूमिका खेल्दै आउनु भएको छ । यसैबीच बेल्वासे अर्घाखाँची स्थित हाम्रा संवाददाता पनि हुनुहुन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ४ : ४१ बजे