४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रुपन्देहीमा थारु राष्ट्रिय साहित्यिक सम्मेलन हुँदै



राम अवतार चौधरी, रूपन्देही ।
थारु राष्ट्रिय साहित्यिक सम्मेलन–२०७५, भाग–४ रूपन्देहीको सैनामैना नगरपालिकामा हुने भएको छ । थारु लेखक संघको रूपन्देहीको सैनामैना न.पा.४, मुर्गियामा बसेको केन्द्रीय बैठकले कार्यक्रम हुने मिति स्थान तय गरेको हो ।
गत बर्ष थारु राष्ट्रिय साहित्यिक सम्मेलन बढै्या ताल बर्दियामा भएको थियो । अहिले भने साहित्यिक सम्मेलन यहि चैत्र २२ र २३ गते स्थानीय मुल संयोजक थारु कल्याणकारी सभा सैनामैना नगर समितिको आयोजनामा रूपन्देहीको सैनामैना नगरपालिका उच्च डिहवा थारु होम स्टेमा हुन लागेको थारु लेखक संघका केन्द्रीय अध्यक्ष कृष्ण राज सर्वहारीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा थारु जाति र गौतम बुद्ध बीच बृहत् बौद्धिक बहस कार्यक्रम देखि लिए विभिन्न साहित्यकार तथा लेखकहरूले प्रकाशन गरेका पुस्तकहरूको प्रदर्शन समेत गरिने बताएको छ ।
थारु राष्ट्रिय साहित्यिक सम्मेलन भव्य, सव्य र पारदर्शी बनाउन सबै संघ संस्थहरूले उल्लेखनीय भूमिका खेल्नुपर्ने अगुवाहरूको भनाई छ ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ४ : ३६ बजे