४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशको प्रथम अधिवेशन



मायादेवी अनलाइन, विरेन्द्रनगर ।
नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशको प्रथम अधिवेशन सुर्खेतको विरेन्द्रनगर स्थित मनकामना होटलमा डा. गौरिशंकर शर्माको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटनसत्रमा प्रमुख अतिथि विरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुबेदिले वर्तमान समयमा ज्योतिषीहरुको संख्या कम हुँदै गएकोले सांगठनिक तरिकाले अगाडि बढेकोले खुसी व्यक्त गर्दै ज्योतिष परिषद्लाई स्थानिय सरकारबाट जस्तोसुकै सहयोग गर्ने बताएका छन् । उहाँले जिवनलाई सहि मार्गदर्शनतर्फ निर्देशन गर्नमा ज्योतिषीहरुको भुमिका महत्वपूर्ण भएको भन्दै यस्तो पवित्र कामलाई आफुले सहयोग गर्ने बताउनुभएको हो ।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत एवम् नेपाल ज्योतिष परिषद्का केन्द्रिय महासचिव आचार्य सन्तोष वशिष्ठले ज्योतिषीहरुको सांगठनिक एकताले ज्योतिषीहरुको अस्तित्वमाथी कसैले हस्तक्षेप गर्न नसक्ने बताउँदै ज्योतिषशास्त्रको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो । निर्वाचन सचीव एवम् नेपाल ज्योतिष परिषद्का केन्द्रिय सचीव आचार्य लक्ष्मण पन्थीले ज्योतिषीहरुको एकताले नै आज हामी ७७ ओटै जिल्ला र ७ ओटै प्रदेशमा निर्वाचन गर्न सफल भएको बताउदै ज्योतिषीको हकहितको लागि सरोकारवालाहरुको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य एवम् निर्वाचन सदस्य वेदराज पन्त एवम् कर्णाली प्रदेशका १० ओटै जिल्लाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्दै कर्णाली प्रदेशमा पनि अधिवेशन भएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा प्रसिद्ध देउडा गायक कमला धामिको समुहद्वारा विशेष प्रस्तुति रहेको थियोे ।
कार्यक्रम डा. शर्माको अध्यक्षता, नेपाल ज्योतिष परिषद् सुर्खेत जिल्ला अध्यक्ष शंकर प्रसाद उपाध्यायको स्वागत मन्तव्य एवम् यूवाज्योतिष आदित्यराज उपाध्यायको सन्चालनमा सप्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ४ : १३ बजे