४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बर्दियामा नयाँ शक्तिको ५ महिने अभियान



मायादेवी अनलाइन, बर्दिया ।
नयाँ शक्ति पार्टी, नेपाल बर्दिया जिल्ला समन्वय समितिको पूर्ण बैठकले जिल्लाका सबै स्थानीय तहहरुमा ५ महिने संगठन विस्तार विशेष अभियान संचालन गर्ने निर्णय गरेको छ । शनिबार गुलेरियामा सम्पन्न बैठकले बिपिन पौडेलको संयोजकत्वमा १३ सदस्यीय जिल्लाको विशेष अभियान परिचालन समिति गठन गरी पार्टीको सांगठनिक कामलाई तीव्रता दिने निर्णय गरेको हो ।
विशेष अभियान परिचालन समितिमा नैनसिंह ओली, चनक थारु, मोहनलाल चौधरी, रामकुमार चौधरी, राज कुमार यादव, दामोदर डोटेल, दिलिप पंगेनी, देवी प्रसाद पौडेल, हसिन अलि मनियार, आशा सञ्जेल, लिला भट्टराई र नर बहादुर बोहोरा रहेका छन् ।
त्यस्तै बैठकले जिल्ला समन्वय समिति पुनर्गठन गरी ६१ सदस्यीय समिति बनाएको छ भने १९ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको छ । बैठकले विभिन्न सांगठनिक निर्णयहरु गर्दै आर्थिक विभाग प्रमुखमा नारायण पौडेल, प्रचार विभाग प्रमुखमा ई। कृष्ण पौडेल एवं प्रशिक्षण विभाग प्रमुखमा मोहनलाल चौधरीलाई चयन गरेको जिल्लाका अभिप्रेरक केशव पौडेलले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश नं। ५ का प्रवक्ता मनिकर कार्कीले देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराउँदै नागरिकको दैनिकी फेर्ने गरी उपलब्धि हासिल गर्न वैकल्पिक राजनीति अपरिहार्य रहेको बताए । उनले नयाँ शक्तिले मात्रै अबको युगको आवश्यकता र नयाँ पुस्ताको मनोभावना अनुसार देशलाई प्रगतिपथमा लैजाने दाबी गरे ।
त्यस्तै बैठकलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अभिप्रेरक केशव पौडेल, संयोजक मोहनलाल चौधरी, विपिन पौडेल, दिलिप पंगेनी, नर बोहरा, तीर्थ बहादुर चन्दलगायतले नयाँ शक्तिको विचारलाई घरघरमा पुर्याउनु पर्ने बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ४ : ०३ बजे