४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलधाममा यशस्वी साहित्यकार लीलाध्वज थापाको शालिक अनावरण



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ कपिलधाममा यशस्वी साहित्यकार लीलाध्वज थापाको शालिक अनावरण गरिएको छ । शनिबार एक कार्यक्रमका बीच नेपाल स्थित भारतीय दुतावासका प्रथम सचिव केदारनाथ शर्माले साहित्यकार थापाको शालिक अनावरण गर्नुभएको हो ।
वरिष्ठ उपन्यासकार समेत रहनुभएका स्वर्गिय थापा उपन्यास विधामा मदन पुरस्कार पाउने पहिलो व्यक्ति समेत हुनुहुन्छ । लीलाध्वज थापा साहित्य प्रतिष्ठान काठमाडौंको आयोजना र लुम्बिनी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा भएको शालिक अनावरणमा स्वर्गीय थापाले नेपाली भाषा र साहित्यमा पु¥याउनुभएको योगदानको चर्चा गरिएको थियो ।
शालिक अनावरण पछि भएको कार्यक्रममा साहित्यकार विष्णुराज आत्रेयले लेख्नुभएको कपिलधाम उपन्यासको पनि विमोचन गरिएको छ । ऐतिहासिक, पैराणिक विषयबस्तुमा आधारित रहेर कलम चलाउने आत्रेयको उपन्यास प्रा डा. खेमराज कोइराला बन्धु र दुतावासका सचिव शर्माले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
उक्त अवसरमा झण्डै डेढ दर्जन साहित्यकारलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा विजय सागर भैरहवा, बालकृष्ण भट्टराई सिद्धार्थनगर, बनमाली निराकार सिद्धार्थनगर, मोहन ज्ञवाली पाल्पा, डा. रामप्रसाद ज्ञवाली पाल्पा, हरिराज शर्मा कपिलवस्तु, कृष्णप्रसाद ज्ञवाली पाल्पा, ऋषि आजाद, दिपक ज्ञवाली बुटबल, पशुपतीमणी त्रिपाठी कपिलवस्तु, राघवेन्द्र प्रसाद श्रीवास्तव कपिलवस्तु, रुद्र ज्ञवाली, शसी पन्थी, सिरिष गिरी मगर, याम थापा, शंकर प्रसाद आचार्य लगायत रहनुभएको थियो ।
यस्तै कार्यक्रममा साहित्यकार तथा पत्रकार गोपीकृष्ण ढुङ्गाना, बालकवियत्री जोसिका कडेँल, साहित्यकारहरु बैरागी जेठा, तिलक प्रसाद लामिछाने, पुनाराम गिरी, मोहन ज्ञवाली, पुरुषोत्तम पाण्डे र चन्द्रकान्त न्यौपानेले रचना बाचन गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ४ : ०१ बजे