४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

खतिवडामाथि यसरी भयो गद्धार–प्रमाणसहित, यसकारण श्रृङखला मिस वल्र्ड नै हुन् !



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
चीनको सान्यमा डिसेम्बर ८ को राति सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसाले बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वल्र्डमा कब्जा जमाइन् । मिस वल्र्ड २०१७ मानुषी चिल्ल(भारत) ले उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी थिइन । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलको मन जित्दै मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले मिस वल्र्ड २०१८को ताज पहिरिएकी हुन् ।१३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्येबाट भेनेसालाई उपाधि विजेता घोषणा गरेका थिए ।युगाण्डाले मेक्सिको तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भोट पाएका थिए । थाइल्याण्डकी प्रतियोगी फस्र्ट रनर अप हुन सफल भइन् ।

नेपालकी श्रृङ्खला खतिवडा भने अन्तिम १२ सम्ममात्र पुग्न सफल भइन् । यस पटक भारत भने अन्तिम १२ मा पनि पर्न सकेन ।अन्तिम ५ मा पर्नका लागि मिस वल्र्ड एसिया एण्ड ओसियानिया २०१८ को उपाधि जित्नु जरुरी थियो तर त्यो उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाको उपाधि यात्रामा विराम लागेको हो ।अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् । ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्यो अवार्ड जित्नु मिस वल्र्डको ताज जितेसरह भएको बताएकी थिइन् ।

मिस नेपाल श्रृङखला खतिवडा मिस वल्र्ड २०१८ हुन सकिनन् तर एउटा इतिहास भने कोर्न सफल भएकी छन् । टप ३० हुँदै टप १२ सम्म पुग्दा श्रृङ्खलाको यात्रा रोमाञ्चक बन्यो। उनी प्रतिस्पर्धीका माझ निकै घुलमिल र प्यारी बनिन्।् । जजहरूसामु श्रृङ्खलाले राम्रै हैसियत प्रस्तुत गरेर ध्यान तानिन्।् । त्यसमा पनि श्रृङ्खलाले पाएको भोट मिस वल्र्डको मञ्चमा चर्चायोग्य विषय बन्यो। टप १२ हुँदै टप ५ प्रवेश गर्ने आशा टुट्यो र श्रृङ्खलाको निकट प्रतिस्पर्धी मिस थाइल्याण्डले एसिया क्षेत्रबाट नेतृत्व गरिन्। एसिया क्षेत्रबाट थाइल्याण्ड, युरोपबाट बेलारुस, अमेरिका क्षेत्रबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा र क्यारेबियन क्षेत्रबाट जमैका, यी पाँच मिस वल्र्डको टप ५ मा पुगे।

मिस थाइल्यान्ड मिस वल्र्ड एसिया ओसियनको उपाधि विजेता हुँदै अन्तिम ५ मा प्रवेश गरेको उद्घोष गरिएसँगै श्रृङ्खलाको अगाडिको यात्रा टुङ्गिएको थियो। उनी स्तब्ध बनिन्।् तर हसिलो मुहार पार्दै उनले मिस थाइल्याण्डलाई अङ्गालो हालेर बधाई भन्दै अगाडिको यात्राका लागि शुभकामना दिइन्।् । जे होस्, श्रृङ्खला निरास हुनुपर्ने कुनै कारण छैन। नेपाललाई प्रतिनिधित्व गर्दै मिस वल्र्डको मञ्चमा उनले आफ्नो र देशको गौरव बढाएकी छन्। । विश्वले हेरेको प्रतिस्पर्धामा टप १२ मा पुगेर देशको नाम र चर्चा बढाउने काम श्रृङ्खलाले गरिन्। । टप १२ मा परेपछि श्रृङ्खलाले सगरमाथाबाट स्काइडाइभ गर्ने आफ्नो इच्छा सुनाइन र देश सँगसँगै उच्च शिखर सगरमाथाको नाम लिँदै संसारलाई म सगरमाथाको देशकी सुन्दरी हुँ भन्ने सन्देश दिइन्।  उनी प्रथम,द्धितीय र तृतीय भएका भन्दा अब्बल भएका धेरै प्रमाण पनि विश्वभर छरिसकेकाले उनी मिस वल्र्ड नै ह्नु । उनी लगत्तै नेपाल आउँदै छिन् ।

मिस नेपाल वल्र्डमा सहभागिताको इतिहासमा उनी अहिलेसम्मकै अब्बल सावित त भइन् नै विश्वका हजारौँ सुन्दरीलाई पछि पार्दै अन्तिम १२ मा स्थान प्राप्त गर्न सफल भइन् । यो उनको हार होइन । जित हो । यो निरास हुने क्षण होइन, आम नेपाली खुसी हुनुपर्ने क्षण हो ।

आयोजकले यसरी गर्यो गद्धार
खतिवडा अन्तिम १२ सम्म परिन् । तर विश्व सुन्दरी घोषणा गर्ने यति ठुलो र गरिमामय संस्थाले नेपालमाथि घात गरेको पुष्टि भएको छ । मिस वल्र्डको आधिकारिक भेरिफाइड पेजमा अन्तिम ५ को रुपमा युगान्डा,मेक्सिको,जमैका, वेलारुस र नेपाल देख्दै पोष्ट गर्यो तर त्यसको केही छिनमा नेपाललाई हटाएर थाइल्याण्डको नाम राख्यो । जुन पोष्टमा ८६८ लाइक थियो । तर लाइभ ब्रोडकाष्टमा थाइल्याण्डको नाम आयो ।

प्रमाण

यसकारण नेपालमाथि आयोजकले गद्धार गरेको छ । भारतकी सुन्दरीलाई नेपालले पछि पारे पनि नेपालको स्थानमा थाइल्याण्डकी सुन्दरीलाई बोलाएर आयोजकले ठुलो गल्ती गरेको छ । यसका थप प्रमाण केही दिनमा पक्कै पनि सार्वजनिक हुने छ । त्यसको विषयमा स्वयमु खतिवडाले पनि मुख खोल्ने छिन् । निर्णय उल्टो आयो भनेर सामाजिक सञ्जालमा आएका टिप्पणीले पनि खतिवडामाथि अन्याय भएको छ भन्ने पुष्टि हुन्छ । नतिजापछि मिस नेपाल माल्विका सुब्बाले पोखेको आक्रोसले पनि त्यसलाई इंगित गर्छ ।

कसरी भइन् त मिस वल्र्ड खतिवडा ?
मेक्सिकोकी भनिसा पोन्सले सो उपाधि जित्दै गर्दा नेपालकी खतिवडाले मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जित्न सफल भइन । सुन्दरी प्रतियोगितामा विश्वकै सुन्दरीको उपमा (ब्यूटि वीथ पर्पोज) पाएको हुनाले उनी मिस वल्र्ड भन्न मज्जाले सुहाउँछ । भोटको सवाल एउटा कुरा हो । जम्मा २ करोड ९० लाख जनसंख्या भएको मुलुक त्यही पनि ग्राफमा हेर्ने हो भने असाक्षरता विन्दु धेरै उच्च छ । अर्थात् धेरैले त उनलाई भोट खसाल्छुु भने पनि भोट खसाल्न पाएनन् । तरिका थाहा नहुँदा कतिले भोट खसाले होलान् तपाई आफै अनुमान गर्नुहोस् ।

विश्व सुन्दरीको ताज अन्त्यमा गएर भोटिङको आधारमा मेक्सिकोले पायो । यहाँनेर श्रृङखलामाथि घात भएको छ । अन्तिम ५ मा पर्ने निश्चित भए पनि उनलाई पारिएको छैन । सकेसम्म यसको बेलीविस्तार पनि गर्ने छु । काठमाण्डौँ, ललितपुर, भक्तपुर, बुटवल, पोखरा,नारायणगढ, नेपालगञ्जका केही सहरीयाहरु जो इन्टरनेटको पहुँचमा छौँ्, विदेशमा रहेका नेपालीहरु र नेपाललाई मन पराउने केही विदेशीहरुले भोट खसालेर खतिवडाले कहाँ विश्व सुन्दरीको ताज जित्न सक्छिन् त ? करोडमा जनसंख्या गणना हुने मुलुक त्यही पनि असाक्षर । अनि इन्टनेटको पहुँचबाट अधिकांश नागरिक टाढ । यस्तो अवस्थामा अरबौँ जनसंख्या भएका मुलुक । पूर्ण साक्षर । विज्ञान प्रविधिमा अगाडी । यस्तो अवस्थामा भोटिङमा जितेर विश्व सुन्दरी बन्ने सपना कसरी पुरा हुन्छ । त्योे धृष्टता गर्नु पनि हुँदैन हामीले । फेरि यो भनिरहँदा अन्तिम ३० मा पर्दा उनले कसरी भोट धेरै पाइन भन्ने कुरा आउन सक्छ । ज्ञात रहोस् उनी अन्तिम ३० मा पर्नु भोट निर्णयक थिएन दुईदुईवटा अवार्ड ग्रहण गर्नु थियो । अन्तिम ३० मा आउँदा भोट धेरै त थियो तर त्यो सहानुभूतिको लागि गरेकाजस्तोे देखियो । निर्णायक हुने अवस्थामा उनलाई घात गरियो । नेपालबाट पनि । फेसबुक सेयर त भयो तर भोट भने हुन सकेन । आयोजक र निर्णायकले पनि घात गरे । यसको माथि नै चर्चा भइसके । त्यसैले नेपालकी श्रृङखला खतिवडाले भोट बाहेक अरु हिसावले विश्व सुन्दरीको ताज पहिरिएकै नै हुन् ।

विश्व सुन्दरीमा हुने सबै गुण अरु प्रतिस्पधीमाभन्दा खतिवडामा अब्बल र उच्च थियो । म दावीका साथ भन्छु । उनी अरु कुरा कम भएर विश्व सुन्दरीको ताज पहिरिन असफल भएकी हुँदै होइनन् । नारी सुन्दरताको विश्व रंगमञ्चमा प्रतिस्पर्धा गर्नको लागि हुनुपर्र्नेे सुन्दरता, संवेदनशिलता, बोल्डनेसपन, मानवीयता , सकारात्मकता, मिठो बोली, ट्यालेन्ट, सामाजिकता र अरु ‘ता’ परसर्ग लाग्ने सबै विशेषणले उनी भरिपूर्ण थिइन् । यसैका कारण उनको प्रस्तुतिले विश्वभरका समुदायलाई रिझाएको थियो । विश्वभरका मानिसको मन जित्न सफल भएकी थिइन् ।

नेपाली नै विरोधमा उत्रिए

अर्को कारण केही पित पत्रकारिता गर्ने मिडियाकर्मी र  मिडियाले पनि खतिवडाको विरोध गरे । नाम नखुलाई हालौँ । केही मिडिया र महिला त उनको सहभागिता र सहभागितालाई डाहको रुपमा हेरे। केही धर्तीका बोझ स्त्रीधारीहरुले त खुलेरै विरोध गरे । यसले पनि उनलाई कम भोट गयो ।

श्रृङखलाको यो मिस वल्र्डको सहभागिताले आम नेपालीलाई खुसी तुल्याएको हो । नेपाललाई हेपेर घात गर्ने यस्ता सुन्दरी प्रतियोगितामा अब नेपालले सहभागिता नजनाए पनि हुन्छ । आवश्यक पनि छैन । खतिवडाजस्तो उत्कृष्ट सहभागिता भावी दिनमा नेपालले नपाउला भन्ने होइन तर एकदमै कठिन छ । मुखमै आएको माछो फुत्कनुमा नेपालको दोष छैन । श्रृङखलाको दोष छैन । आयोजकको दोष छ । त्यसैले जानाजान नेपालमाथि घात गर्ने यस्ता कार्यक्रममा भोलीका दिनमा सहभागिता नजनाउँदा राम्रो कि ? यनि वे यो ब्युटी पेजेन्टले सगरमाथाकी छोरी श्रङखला खतिवडा र देशलाई भने विश्वभर चिनाएको छ । यो सकारात्मक पक्ष हो ।

लेखक न्यौपाने लामो समय विद्धूत तथा छापा मिडियामा कार्यरत हुनुहुन्छ । उहाँ अहिले मायादेवी अनलाइनका प्रधानसम्पादक तथा रेडियो मायादेवी कपिलवस्तुका स्टेसन म्योनेजर हुनुहुन्छ । उहाँलाई फेसबुकमा  अंग्रेजीमा चन्द्रकान्त न्यौपाने नै भनेर भेट्न सकिन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ३ : २२ बजे