४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

श्रृङ्खला खतिवडाको मिस वर्ल्ड यात्रा टप १२ सम्म पुगेर टुंगियो



काठमाण्डौ ।
नेपालकी श्रृङ्खला खतिवडा चीनमा भइरहेको मिस वर्ल्ड २०१८ को अर्को उपाधि मिस वर्ल्ड एसियाज २०१८ मा छानिन नसक्दा अन्तिम १२ बाट अगाडि बढ्न सकिनन् ।

अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड ओसियानिया २०१८ को उपाधि जित्नु जरुरी थियो तर त्यो उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाको उपाधि यात्रामा विराम लागेको हो ।

अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् । ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्यो अवार्ड जित्नु मिस वर्ल्डको ताज जितेसरह भएको बताएकी थिइन् ।
अन्तिम ५ मा थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैका छानिएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  १ : ४० बजे