४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विकास बैंकको कृषि क्षेत्रमा उत्साहजनक लगानी



खस्यौली ।
रुपन्देहीमा रहेका विकास बैंकले कृषि क्षेत्रमा उत्साहजनक लगानी गरेका छन् । बंैकले गरेको लगानीबाट कृषिजन्य आयात रोक्न सघाउ पुग्ने र व्यापार घाटासमेत कम हुने विश्वास गरिएको छ । खासगरी पशुपालन, कुखुरापालन, मत्सत्यपालन र तरकारी खेतीमा विकास बैंकले लगानी गरेका छन् ।
बुटवलमा रहेको साइन डेभलपमेण्ट बंैङकका कार्यकारी प्रमुख प्रकास पौडेलले भन्नुभयो “मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन बैंकले कृषिमा लगानी बढाउन चाहेको छ ।” उहाँले कृषिलाई उच्च प्राथमिकतामा राखेर लगानी गरिरहेको जानकारी दिँदै सबैभन्दा बढी सहुलियतपूर्ण कर्जामा बंैङकले लगानी गरिरहेको बताउनुभयो ।
उक्त बंैकले कृषि क्षेत्रमा न्यूनतम १३ प्रतिशत ब्याजदरमा रु एक अर्ब सात करोड लगानी गरेको छ भने रु ३० करोड सहुलियतपूर्ण ब्याजमा लगानी गरेको छ । कार्यकारी प्रमुख पौडेलले कृषि क्षेत्रमा उत्साहजनक अवस्था रहेको उल्लेख गर्दै युवाको आकर्षण पनि बढ्दै गएको बताउनुभयो । उहाँले नेपालमा अझै पनि वित्तीय साक्षरता नभएकाले संस्थागत सामाजिक उत्तरदायित्व वहन हुने गरी वित्तीय साक्षरता जगाउने काम गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  १ : ३८ बजे