४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एकैपटक तीन वटा बच्चा जन्मिए



दाङ ।
दाङकी एक महिलाले एकैपटक तीन बच्चालाई जन्म दिनुभएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कोठरी निवासी गौमती बुढाले एकै पटकमा तीन बच्चाको जन्म दिनुभएको हो । नेपालगञ्ज मेडिकल कलेजमा तीन बच्चालाई जन्म दिनुभएकीे स्थानीय देवा धितालले जानकारी दिनुभयो ।

उहाँले पहिलो सन्तानको रुपमा एउटा छोरा र दुईवटी छोरीको जन्म दिनुभएको हो । अहिले आमा र तीनवटै बच्चाको स्वास्थ्य अवस्था राम्रो भएपछि घर पठाइएको नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनोडियाले जानकारी दिनुभयो । तीनवटै बच्चाको तौल २ दशमलब ५ किलोभन्दा बढी रहेको छ । गौमतीका श्रीमान् विदेश हुनुहुन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  १ : ३३ बजे