४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सामुदायिक उच्च मावि युनियन तथा हिस्टान कपिलवस्तुको संयुक्त बैठक सम्पन्न



दीपा महत, कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा गठित सामुदायिक उच्च मावि युनियन तथा हिस्टान कपिलवस्तुको संयुक्त बैठक बुद्धभुमी नगरपालिका स्थित बहुमुखी क्याम्पस गोरुसिंगेमा सम्पन्न भएको छ । बैठकले समितीलाई सक्रिय बनाउन कार्यदल गठन गरेको छ । बलदेव लामिछानेको अध्यक्षतामा गठित १३ सदस्यीय कार्यदलको उपसंयोजकमा घनश्याम गैरे, सचिवमा चुरामणी पौडेल, सहसचिवमा रामप्रसाद भुषाल, कोषाध्यक्षमा शोभाखर बेल्वासे रहनुभएको छ । यसैगरी सदस्यहरुमा तीर्थराज पौडेल, माधव केसी, मित्रलाल मरासिनी, कृष्णप्रसाद खनाल, गजेन्द्रनाथ चौवे, शारदा अर्याल, यशोदा पोख्रेल र बसन्ता अधिकारी चयन हुनुभएको छ ।
कार्यक्रममा बोल्दै डिवि रेश्मी र थानेश्वर खनालले जिल्ला भित्र रहेका साबिक सामुदायिक उ्रच्च माविमा कार्यरत शिक्षकहरुका लागिभैरहेको कार्यनीति तथा आगामी कार्ययोजनाको बारेमा जानकारी गराउनुभएको हो । कार्यक्रम सामुदायिक उच्च माविका शिक्षक बलदेव लामिछानेको अध्यक्षता र शिक्षक चुरामणि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  १ : ३१ बजे