४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रोट्रयाक क्लब अफ बुद्धभूमी सामाजिक कार्यमा, आगलागी पिडितलाई सहयोग



गणेश बेल्बासे संगम,कपिलवस्तु ।

रोट्रयाक क्लब अफ बुद्धभूमीले आगलागी पिडित धन बहादुर पुनको परिवारलाई न्यानो कपडा सहितका जिन्सी सामग्री सहयोग गरेको छ । जस अन्तरगत २ र २ सेट सिरक,  कम्बल, डसना, गुन्द्रि, तन्ना सहित उक्त घरबाट अध्ययन गर्ने बालबालिका लाई शैक्षिक सामग्रीहरु समेत हस्तान्तरण गरिएको  थियो । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ३ बोक्टापुर निवासी धन बहादुर पुनको घरमा गएको कार्तिक महिनामा अचानक आगो लाग्दा सामाग्री जलेर नष्ट भएको थियो । साथै उक्त परिवारका सबै सदस्यहरू मानसिक रोगबाट समेत ग्रसित रहेका छन् ।

पिडित परिवारलाई जाडोका न्यानो जिन्सी सामाग्री सहयोग पुर्याउने उदेश्यले रोट्रयाक क्लब अफ बुद्धभूमीको पहलमा क्लबका अध्यक्ष प्रदिप खनालको संयोजत्वमा संचालन गरिएको अभियानमा देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रम प्रमुख अतिथी रोटरी क्लब अफ कपिलवस्तुका सचिव कृष्णप्रसाद खनाल विशिष्ट अतिथी वडा नं. ३ का वडा अध्यक्ष गोविन्द आर्चाय (विकास), शिव खनाल लगाएतका व्यक्तिहरुको उपस्थितमा पिडित परिवारकै घरमा गई न्यानो कपडा सहितका जिन्सी सामाग्री सहयोग हस्तान्तरण गरेको हो ।

साथै उपस्थित सबैलाई क्लबका अध्यक्ष खनालले बुद्धभूमि बासीहरुलाई रोट्रयाक क्लब अफ बुद्धभूमीमा आवद्ध भई एक जुट हुन सकेमा आउने दिनहरुमा बिपत्तीमा परेका पिडितहरुको लागि सहयोग पुर्याउन सकिने बताएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  १ : २७ बजे