४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

न्याय सुरक्षा र संचार जनताकै सहज सेवाका लागिः उपप्रमुख कुर्मी



सनिउल्ला धोबी, कपिलवस्तु ।
महाराजगंज नगरपालिकाका उपप्रमुख शुभावती कुर्मीले न्याय सुरक्षा र संचार जनताकै सहज सेवाका लागि भएको बताउनुभएको छ । उप प्रमुख शुभावती कुर्मीले संचार माध्यम र पत्रकारहरुले खेलेको भु्मीका अहम रहेको बताउनु भएको थियो । कपिलवस्तुको महाराजगंज नगरपालिकामा सुरक्षा तथा न्याय क्षेत्रका सरोकारवाला र संचारकर्मी विच भएको सम्वाद कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजना सर्च फर कमन ग्राउण्ड र युके एडको सहयोगमा सो कार्यक्रम सम्पन्न्न भएको हो । नगरपालिकाको सभाहलमा न्यायिक सुचना सम्प्रेषणमा मिडियाले दिएको महत्व ,तथा न्यायिक समितिबाट न्याय सम्पादनमा देखिएका समस्या लगाएतका विषयमा सम्वाद गरिएको थियो ।
समुदायको कुरिति कुसस्कार र अन्धविश्वासको निराकारण अझै हुन नसकेको न्यायिक समितिका सदस्य जगदिश प्रसाद तिवारीले जानकारी दिनुभयो । स्थानिय निकायमा उत्पन्न भएको समस्या समाधानमा लाग्नुपर्नेमा तिवारीले जोड दिनुभएको थियो ।
इलाका प्रहरी कार्यालय महाराजगजंका प्रमुख अशोक कुमार श्रीवास्तावले संचार माध्यम र पत्रकारहरुले हतारको निर्णय भन्दा पनि वास्तविक र यथार्थ कुराहरुको सम्प्रेषणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका सचिव हरि अधिकारी, सुरक्षा निकाय, तथा विभिन्न संचार माध्यममा कार्यरत पत्रकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । पत्रकार महासंंघ कपिलवस्वतु शाखा सदस्य सनिउल्ला धोबीले सो कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  १ : २६ बजे