४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रात्रि क्लबमा भागदौड हुदा इटालीमा ६ जनाको मृत्यु



इटाली ।
इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रिक्लबमा शनिबार भएको भागदौडमा परी कम्तीमा ६ जनाको ज्यान गएको छ।शनिबार बिहान १ बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो।अग्निनियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयक विज्ञप्तिमा भनिएको छ, ुएउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भिडबाट छर्किएपछि क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्ने क्रममा उक्त दुःखद घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।ु

स्थानीय सामाचारहरूमा एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्डो सहरमा ब्लु लानटर्न क्लबभित्र करिब एक हजार व्यक्तिले मनोरञ्जन लिइरहेका समय एक्कासि भागदौड मच्चिएको बताइएको छ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ८ : ४१ बजे