४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु



दाङ ।

तुलसीपुरमा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका १ सल्यान स्थायी घर भई हाल तुलसीपुर ५ रानीजरुवामा बस्दै आएका १२ वर्षीय नवीन वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेम बहादुर शाहीले बताए। गय राति साढे ८ बजेतिर तुलसीपुर ८ टिकरी भन्ने स्थानमा लु२त ४१८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा वलीको घटनास्थलमै मृत्यु भएको  प्रहरीले बताएको छ।

बालकलाई ठक्कर दिने ट्याक्टर चालक अझै फरार रहेको र ट्याक्टर भने राति तुलसीपुर ३ दमारगाउँ जंगलमा फेला पारेको डिएसपी शाहीले बताए। चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। मृतक बालकको शव पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ८ : ३७ बजे