४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेकपाको सचिवालय बैठक आज बस्दै



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठक शनिबार बस्दैछ । बैठक शनिबार दिउँसो ३ बजेका लागि तय भएको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय योजना आयोगको बैठकमा सहभागी हुनुपरेकोले शुक्रबार बैठक स्थगित भएको थियो ।सचिवालयको बैठक नबस्दा सरकार र पार्टीका काममा अन्यौलताको देखिएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो ।

शनिबार बस्ने बैठकमा सरकारका पछिल्ला गतिविधि, एसिया प्सासिफक समिटमा सरकारको संलग्नताका विषयमा घनिभूत छलफल हुने नेताहरूले जानकारी दिनुभएको छ ।एसिया प्रशान्त सम्मेलनलगायत सरकारका पछिल्ला गतिविधिप्रति नेकपामा सचिवालय तहका नेता सन्तुष्ट छैनन् । त्यस्तै एकीकरण प्रक्रिया विस्तार हुन नसकेको, पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी कमिटीको बैठक आह्वानप्रति पार्टी नेतृत्व उदासीन भएको भन्दै यस विषयमा कुरा उठाइने सचिवालयका नेताहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ५ : ५८ बजे