४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राष्ट्रपति भण्डारी आज लुम्बिनी आउदै



काठमाडौं ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औं स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउदै हुनुहुन्छ । स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिनुभयो।

विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन निर्माण गरेको छ। बौद्धधर्मको प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्‍याउने नेपालका ख्यातीप्राप्त बौद्धधर्मका ज्ञाता र विश्वविद्यालयका पूर्वउपकुलपतिका साथै पूर्व रजिष्ट्रारलाई सम्मान पनि गरिने निमित्त उपकुलपति आचार्यले जानकारी दिनुभयो। विशेष समारोहमा प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलगायतको सहभागिता रहने जनाइएको छ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ५ : ४३ बजे