४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ब्राजिलमा बैंक लुट्ने क्रममा भएको आक्रमणमा १२ जनाको मृत्यु



एजेन्सी ।
ब्राजिलमा बैंक लुट्ने क्रममा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। उत्तरपूर्वी ब्राजिलमा भएको आक्रमणमा मृत्यु हुने मध्ये एक बालकसहित ६ जना लुटेराले बन्धक बनाएकाहरु रहेका छन्। अरु ६ जना भने लुटेरा रहेका छन्। उनीहरुको प्रहरीको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ। सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी ढालका रूपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको बताइएको हो।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ५ : ३७ बजे