४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मिस वर्ल्डको घोषणा आज हुँदै, तोड्लिन् त शृङ्खलाले मिस वर्ल्डको इतिहास ?



काठमाण्डौ ।

मिस वर्ल्डको ग्रयाण्ड फिनाली शनिबार हुँदैछ । चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतिस्पर्धाका लागि १२१ देशका सुन्दरी पुगेकोमा मिस नेपाल शृङ्खला खतिवडासहितका विभिन्न ३० देशका सुन्दरी टप ३० मा पुगेका छन् ।

मिस नेपाल शृङ्खला ब्यूटी विथ पर्पज अवार्ड जितेर टप ३० मा पुगेकी हुन् । यस्तै उनले मल्टिमिडिया अवार्ड पनि जितेकी छन् । मिस वर्ल्डको युट्युब च्यानल मार्फत प्रत्यक्ष हेर्न पाइने मिस वर्ल्डको फिनालीमा नतिजा नेपाली समय अनुसार बेलुका पाँच बजेपछि घोषणा हुनेछ ।

नेपाली समय अनुसार दिउँसो चार बजेसम्म भोट गर्न सकिनेछ । मिस वर्ल्डको यो ६८ औँ संस्करण हो । दक्षिण एसियाली देशमा भारत बाहेक अरुले मिस वर्ल्ड जितेका छैनन् ।
मिस वर्ल्डको इतिहासमा भारत र भेनेजुएला समान ६ पटक विजेता बनेका छन् । यो पटक शृङ्खलाप्रति नेपालीहरुले आश गरेका छन् । र विश्वको ध्यान पनि खिचिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ५ : ३२ बजे