९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

उर्जामन्त्री पुन र मुख्यमन्त्री राउतबीच भेटवार्ता



धनुषा ।

उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । जनकपुरस्थित मुख्यमन्त्री रावतको निवासमा भएको भेटवार्तामा कर्मचारी व्यवस्थापन र उर्जा,जलस्रोत सिंचाइ मन्त्रालय मातहतको आयोजनाको विषयमा छलफल भएको थियो । त्यसका साथै भेटमा मुख्यमन्त्री राउतले भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाहपञ्चमीको अवसरमा जनकपुर आउन लागेको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले त्यसका लागि प्रदेश सरकारले भ्रमणको सम्पूर्ण तयारी गरिसकेको बताउनुभयो ।

भेटमा दुई नम्बर प्रदेशमा सञ्चालित उर्जा र सिंचाइका आयोजनाहरुको बारेमा छलफल भएको थियो । मुख्यमन्त्री राउतले प्रदेशअन्र्तगतका कार्यक्रमहरुको विषयमा जानकारी गराउनुका सांथै केन्द्र सरकारले अघि बढाइरहेको सुनकोशी कमला डाइभर्सनले सप्तरी,सिराहालगायतका जिल्लाहरु सिंचाइबाट लाभान्वित हुने बताउनुभयो ।

जवाफमा उर्जामन्त्री पुनले सुनकोशी कमला डाइभर्सन मन्त्रालयको उच्च प्राथमिकतामा रहेको भन्दै यसले दुई नम्बर प्रदेशको विकासमा ठूलो योगदान पुर्याउने दावी गर्नुभयो ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ५ : २७ बजे