४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

‘न्याय र सु्रक्षाका सवालमा पत्रकारहरुको भुमीका अहम’



हरि आचार्य, कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिका भित्र रहेका नगारिकहरुको सुरक्षा तथा न्यायको क्षत्रमा नगरका संचार माध्यम र पत्रकारहरुले खेलेको भूमिका अहम रहेको एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा शुक्रबार वाणगंगा नगरपालिका ४ स्थित बुङ्चिमा रखिएको सुरक्षा तथा  न्याय क्षेत्रका सरोकारवाला र सञ्चारकर्मी बीच सम्वाद कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा समुदायका सुचना समप्रेषणमा मिडियाले दिएको महत्व, तथा न्यायिक समितिबाट न्याय सम्पादनमा देखिएका समस्या लगायतका विषयमा सम्वाद गरिएको  थियो । त्यस्तै कार्यक्रममा समुदायको कुरीति कुसंस्कार र अन्धविश्वासको निराकारण अझै हुन नसकेको भन्दै कायैक्रमका सहाभागी कृष्ण विश्वकर्माले तीनवटै निकाय त्यसको समाधानमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा सामान्य देखि जटिल सम्मका समस्याहरु न्यायिक समितिमा आउने भए पनि राज्यले न्यायिक समितिलाई सिमित अधिकार प्रदान गरेको र त्यसैका आधारमा  समस्या समाधान गरीने वाणगंगा नगरपालिका न्यायिक समिति संयोजक तथा उपमेयर चक्र अर्यालले बताउनुभयो ।

न्याय र सुरक्षा निकट रहेको र दुवै क्षेत्रमा संचार क्षेत्रको प्रभाव पनि सकारात्मक भएको भन्दै इलाका प्रशासन जितपुरका प्रमुख विक्रम शार्माले संचार माध्यम र पत्रकारहरुले हतारको निर्णय भन्दा पनि वास्तविक र यथार्थ कुराहरुको सम्प्रेषणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । त्यस्तै कार्यक्रममा इलाका प्रहरी पिपराका प्रहरी प्रमुख चन्द्रबहादुर केसीले न्याय सुरक्ष्ााँ र संचार जनताकै सहज सेवाका लागि भएको बताउनुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा वाणगंगा नगरपालिका न्यायीक समितिका संयोजक अर्याल सहित समितिका सदस्यहरु, नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई, सुरक्षा निकाय, तथा विभिन्न संचार माध्यममा कार्यरत प्रत्रकार तथा संचारकर्मीहरुको उपस्थिति र पत्रकार महासंंघ कपिलवस्वतु  शाखा सचिव हरि अधिकारीको सञ्चालनमा सम्पन्न भएको छ ।

यसैबीच नमुना एकीकृत विकास परिषदले कपिलवस्तुको गोरुसिङ्गेमा श्क्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी संचारकर्मीहरुले मिडियाले समाचार सम्प्रेषण गर्दा विषय बस्तुको संबेदनसिलतामा मुख्य रुपमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्गका केन्द्रीय सदस्य तथा प्रदेश ५ संयोजक वसन्त गिरिले उपेक्षित समुदायलाई पहुँच सम्म पु¥याउन सहयोग गर्ने खालका समाचार सम्प्रेषण गर्न सबैलाइ आग्रह गर्नुभएको छ । जिल्ला अध्यक्ष डिलाराम भुसालले लैंगिक हिंसाका घटना न्यूनीकरणमा पत्रकारको भुमिका अहम हुनेमा जोड दिनुभयो ।

इन्सेक प्रतिनिधि नन्दराम पौडेलले जिल्लाभित्रको बालबालिकाको अवस्था नाजुक रहेको बताउदै उनिहरु हक अधिकारको क्षेत्रमा काम गर्नुपर्नेमा धारणा राख्नुभयो । विशेष गरी कपिलवस्तु जिल्ला औद्योगिक क्षेत्र रहेको हुदाँ बालश्रमको उच्च जोखिमा रहेको समेत पाइएको छ ।

अशिक्षा र गरिबीका कारण बालबालिकाहरु बालश्रम गर्न वाध्य रहेको जनाउदै यसलाई कमि ल्याउन सबै सजग हुनुपर्नेमा जोड दिइएको छ । त्यस्तै नमुना एकीकृत विकास परिषदका कपिलवस्तु संयोजक आरटी खानले कपिलवस्तुमा बालबालिकाहरुको अवस्थाको बारेमा सहजीकरण गर्न संचारकर्मीको भुमिका अतुलनीय हुने बताउँनुभयो ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  २ : ४४ बजे