४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जीतपुर सिमलपानी जोड्ने मोटर बाटोको मर्मत सम्भार



मायादेवी अनलाइन, वाणगंगा ।

जीतपुर सिमलपानी जोड्ने मोटरबाटो जीर्ण भएपछि टोल विकास संस्थाले मर्मत सम्भार गरेको छ । जीतपुर टोल विकास संस्था र मिलन टोल विकास संस्था उप्टहवाको संयुक्त आयोजनामा जीतपुर सिमलपानी मोटरबाटोको मर्मत सम्भार तथा झाडी सरसफाई गरिएको हो । जीर्ण रहेको डेढ किलोमिटर बाटो जनताको श्रमदानमा मर्मत तथा सरससफाई गरिएको थियो । पुरानो जीतपुर सिमलपानी जोड्ने मोटरबाटो केन्द्रिय बजेट नपर्दा जीर्ण हुदै गएको थियो ।

जीतपुर टोल विकास संस्थाका अध्यक्ष मदन ढुंगाना र मिलन टोल विकास संस्थाका अध्यक्ष लालमणी पौडेलको नेतृत्वमा स्थानीय टोल वासीको सहभागीता बाटो मर्मत तथा झाडी सरसफाई भएको छ । अर्घाखाँची र कपिलवस्तु जोड्ने जीतपुर सिमलपानी सडक खण्ड विगतदेखिनै संचालन हुदै आएपनि प्रदेश तथा संघीय सरकारले ध्यान नदिदा सो बाटो जीर्ण बन्दै गएको छ ।

दैनिक रुपमा चारनम्बर देखि सिमलपानी रुट भएर बस संचालन भएपनि समय समय बाटो मर्मत सम्भार नहुँदा सास्ती भएको थियो । चारनम्बर जीतपुर देखि विहान ११ बजे सिमलपानी र सिमलपानीबाट २ बजे चारनम्बरका लागि बस छुट्दै आएको छ । चारनम्बर देखि सिमलपानी १५ किलोमिटर रहेको दुरी रहेको

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  २ : ३५ बजे