४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तु महोत्सव : चौथो दिन २६ लाखको कारोबार



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा ४ जितपुरमा रहेको बुद्ध रंगशालामा जारी दशौं कपिलवस्तु महोत्सव तथा कृषि औद्योगिक प्रदर्शनीमा शुक्रबार निशुल्क आखाँ शिविर भएको छ । लायन्स क्लब अफ कपिलवस्तुले राखेको आखाँ शिविरमा १ सय १ जनाले निशुल्क आखाँ जाच गराएका दृतिय उपाध्यक्ष सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । तौलिहवा आखाँ अस्पतालका डाक्टरले निशुल्क आखा जाच गरीरहेको शिविर शनिबार पनि चल्ने छ ।
यता शुक्रबार महोत्सवमा २६ लाख बढीको आर्थिक कारोबार भएको छ । महोत्सव सचिवालयका अनुसार आज ८ हजार दर्शकले मेला अवलोकन गरेका छन । दिनपतिदिन महोत्सव अवलोकन गर्नेहरुको भीड बढीरहेकाले आर्थिक कारोबार पनि बढेको आयोजकले जनाएको छ । भोली थप कारोबार बृद्धि हुने अपेक्षा गरिएको छ । आज शनिबार पनि भएको र राष्ट्रिय चर्चित कलाकार आस्था राउतको प्रस्तुती हुनेभएकाले एक करोड बराबरको कारोबार हुन सक्ने संयोजक उमानाथ पौडेलले जानकारी दिनुभयो । आज नै लोक दोहोरी गायक विधान कार्की र संस्कार व्याण्डको प्रस्तुती पनि रहेकोछ ।
यसैबीच महोत्सवको आठौँ डान्स आइडल थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएको छ । बुधबारबाट सुरु भएको आइडलबाट शुक्रबार थप दुई जना बाहिरिएपछि आइडल थप रोचक र प्रतिस्पर्धात्मक बनेको हो । हिजोको प्रस्तुको आधारमा शुक्रबार प्रशंसा पाण्डे र साहिल घिमिरे बाहिरीएका छन । दर्शकको भोट र निर्णायक मण्डलको निर्णयबाट हरेक दिन २ जना बारिदै जानक्रममा उनीहरु बाहिरिएका डान्स आइडल संयोजक वीरेन्द्र खाँणले जानकारी दिनु भयो । अब स्टेजमा १३ जनाले प्रतिस्पर्धा गर्ने छन । प्िरतयोगीताको विजेता पुरुषले टिभिएस मोटरसाइकल र महिला विजेताले टिभिएर स्कुटर प्राप्त गर्नेछन ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  २ : ३३ बजे