४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुमा ‘इजी ए वान क्विज सिजन टू’ शुरु, बुद्धभूमिमा आर्दश स्कूल प्रथम



मायादेवी अनलाइन, बुद्धभूमि ।
ए वान मिडिया सेन्टरको आयोजनामा आज देखि जिल्ला व्यापी नगर स्तरीय अन्तर मावि इजी ए वान क्विज सिजन टू शुरु भएको छ । बुद्धभूमि नगरपालिकाबाट शुरु भएको क्विज आगामी तिन महिना भित्र कपिलवस्तुका ६ ओटा नगरपालिकामा सम्पन्न हुनेछ । बुद्धभूमिको भृकृटी माविमा शुक्रबार देखि शुरु भएको क्विजमा नगरका सामुदायिक र संस्थागत गरी १८ विद्यालयले सहभागीता जनाएका छन ।
जसमा १७ विद्यालयलाई पछि पार्दै पहिलो चरणमा इमिलिया स्थित आर्दश इंग्लिस बोर्डिङ स्कूल प्रथम हुन सफल भएको छ भने पिस वल्र्ड बोर्डिङ दोस्रो र सोसियल इंग्लिस बोर्डिङ स्कूलले तृतीय स्थान हासिल गरेको छ । यस्तै सिद्धार्थ स्मारक मावि भेलाईले सामुदायिक विद्यालय तर्फ प्रथम तथा प्रतियोगीता प्रोत्साहन स्थान हासिल गरेको छ ।
आजको प्रतियोगीताका विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रले सम्मानित गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी लगायतले विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रथम हुन सफल आर्दशले अब बाकी ५ ओटा नगरभित्रबाट उत्कृष्ट भएर आएका विद्यालय संग फाइनलमा प्रतिस्पर्धा गर्ने छ । विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभालाई हाजिरीजवाफको माध्यमबाट उजागर गर्ने उद्धेश्यले शुरु भएको सिजन टू का प्रथम, दृतीय र तृतीय हुने विद्यालयले न्यू होराइजन बोर्डिङ स्कूल बुटबल, एभरेष्ट मावि बुुटबल र पारीजात मावि बनगाईमा कक्षा ११ र कक्षा १२ मा पूर्ण छात्रबृत्ती पाउने प्रबन्ध निर्देशक दिपेन्द्र कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा कपिलवस्तुका ६ ओटै नगरपालिकाले सहकार्य गरेका छन भने मुख्य प्रायोजकको रुपमा क्यापिटल फुड्स प्रालि रहेको छ । यस्तै सह प्रायोजकमा माछापुछ्रे एग्रो प्रोडक्ट प्रालि भक्तौली, पिस हिमालय रिपोर्ट ठाकुरापुर र बेल्वासे टे«ड र मामा रनर टे«ड बैरिया रहेका छन । ए वान मिडिया सेन्टरले गत बर्ष पनि यस्तै कार्यक्रम आयोजना गरी प्रथम, दृतीय र तृतीय हुन सफल ९ जना विद्यार्थीलाई बुटबलको होराइजन, एभरेष्ट र दीप बोर्डिङ स्कूलमा पूर्ण छात्राबृत्तिमा पढ्ने अवसर प्रदान गरेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  २ : २८ बजे