४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश नं ५ मा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको इन्सेकको निष्कर्ष



नेपालगञ्ज ।
प्रदेश नं ५ मा मानव अधिकारको अवस्था आशालाग्दो नभएको निष्कर्ष निकालिएको छ । इन्सेकले नेपालगञ्जमा गरेको छलफल कार्यक्रमका सहभागीले समाजमा हिंसा, अराजकता, दण्डहिनताको अवस्था विद्यमान भएकाले मानव अधिकारकर्मीले नयाँ ढङ्गबाट काम गर्नुपर्ने सुझावसहित यस्तो निष्कर्ष निकालेका हुन् ।

मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, महिला अधिकारकर्मी, द्वन्द्वपीडितको सहभागितामा भएको कार्यक्रममा अधिकारवादी संस्थाले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसअवसरमा इन्सेकका केन्द्रीय अध्यक्ष डा इन्दिरा श्रेष्ठले मानव अधिकार सबैको साझा विषय हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा अब राजनीतिक अधिकारको आन्दोलन सकिएकाले सामाजिक मुद्दातर्पm अधिकारकर्मीको ध्यान केन्द्रित हुनुपर्ने सल्लाह दिनुभयो ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  १० : ४९ बजे