४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल ज्योतिष परिषद् सुदुरपश्चिम प्रदेशको अध्यक्षमा जोशि



मायादेवी अनलाइन, महेन्द्रनगर ।

नेपाल ज्योतिष परिषद् सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशन कैलालिको महेन्द्रनगरमा ज्योतिष। माधव प्रसाद जोशिको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिती निर्विरोध निर्वाचित गर्दै सप्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी पुर्वमन्त्री चन्द्रदेव जोशिले अहिलेको २१ औ शताब्दीमा ज्योतिष शास्त्रको महत्व देशव्यापी रुपमा बढ्दै गएको बताउदै ज्योतिष शास्त्रलाई बैज्ञानिक हिसाबले परिमार्जन गर्दै नयाँ पिडिहरुलाई संस्कारको ज्ञान गराईराख्न सुदुरपश्चिमका ज्योतिषीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत एवम् नेपाल ज्योतिष परिषद्का केन्द्रिय महासचिव आचार्य सन्तोष बशिष्ठले कन्चनपुरकी निर्मला पन्तलाई न्याय दिलाउन नसक्नु सरकारको कमजोरी भएको बताउदै सरकारलाई ज्योतिषीहरुप्रती उत्तरदायी हुन आग्रह गर्नुभयो , नेपाल ज्योतिष परिषद्का केन्द्रिय सचीव एवम् निर्वाचन सचीव आचार्य लक्ष्मण पन्थीले ज्योतिषीहरुको हकहितको लागि सरोकारवालाहरुसङ्ग सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा पुर्वमन्त्री जयदेव जोशी , नेपाल ज्योतिष परिषद्का केन्द्रिय सदस्य एवम् निर्वाचन सदस्य वेदराज पन्त , पन्चाङ्गकार लक्ष्मिभक्त जोशी , प्राध्यापक मोतीराम पनेरू लगाएतले बोल्दै ज्योतिषशास्त्र र ज्योतिषीहरुको हकहितका लागि सबै एकजुट हुन आग्रह गर्नुभएको थियो ।
कार्यक्रम ज्योतिष माधव प्रसाद जोशिको अध्यक्षता , नेपाल ज्योतिष परिषद् दार्चुला जिल्ला अध्यक्ष हरिदत्त जोशिको स्वागत मन्त्व्य एवम् घनश्याम लेखकको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  ८ : ०४ बजे