४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

यो साता सुनको भाउ १३ सय रुपैयाँ बढ्यो



काठमाडौं ।

यो हप्ता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो दिन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार २ सय रुपैयाँले बढ्यो । त्यसपछि मंगलबार एकैदिन तोलामा ९ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार एक सय र बिहीबार तीन सय रुपैयाँ बढेको हो । शुक्रबार भने सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।

यस्तै चाँदीको भाउ यो हप्ता तोलामा १५ रुपैयाँ बढेको छ । आइतबार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी शरक्रबार तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  ७ : ५० बजे