४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अञ्जु पन्त फाउन्डेसनद्धारा न्यानो कपडा वितरण 



काठमाडौं ।
तराईका अधिकांश जिल्लामा चिसो बढेसँगै सितलहरले जनजीवन अस्तव्यस्त बन्ने गरेको छ । यो समस्यामा केन्द्रित बनेर हाल अञ्जु पन्त फाउन्डेसन न्यानो कपडा वितरणमा जुटेको छ ।
गायिका अञ्जु पन्तको अध्यक्ष्यतामा स्थापना भएको सस्थाले वीरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा न्यानो कपडासहित बालबालिकालाई अध्ययन सामग्री वितरण गरिरहेको फाउन्डेसनकी अध्यक्ष तथा गायिक पन्तले जानकारी दिनुभयो ।
उहाका अनुसार संस्थाले बुधबार पर्सा जिल्लाको सखुवा पर्सौनी गाँउपालिस्थित बेलुवा गाँउमा ५० परिवारलाई न्यानो सिरक वितरण गरेको छ । चमार जातिको बाहुल्यता भएको उक्त गाँउमा गरिबीका कारण जाडोमा पनि न्यानो कपडा किन्न नसकी रातभरि आगो तापेर बस्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न संस्थाले सहयोग गरेको पन्तको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  ७ : ४७ बजे