४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बिस्कुट अड्किएर बालिकाको मृत्यु



सुनसरी ।
इटहरी उपमहानगरपालिका ४ मा बिस्कुट अड्किएर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार राती सोही स्थान बस्ने सञ्जीव चौलागाईंको छोरी श्रुती चौलागाईं बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिइन । बालिकालाई उपचारका लागि स्थानीय एक मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  ७ : ३६ बजे