४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

यौन शोषणको आरोपमा बलिउड गायक मिका सिंह दुबईमा पक्राउ



एजेन्सी ।
बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईको अबुधाबीमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंहलाई एक किशोरीले यौन शोषणको आरोप लगाएकी छिन् ।

ब्राजिलकी १७ वर्षकी एक किशोरीले उनलाई यौन शोषणको आरोप लगाएकी हुन् । ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् ।

मिकालाई दुबईको मुरक्काबात प्रहरी चौकीमा राखिएको छ । उनलाई विहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट प्रहरीले गिरफ्तार गरेको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  ४ : १५ बजे