४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लाइसेन्सको चिप झर्दा सेवाग्राही हैरान



ललितपुर । सवारी चालक अनुमतिपत्रमा रहेको चिप ९धातुको टुक्रा० झर्दा सेवाग्रही हैरान छन् ।

कमजोर गुणस्तरका कारण चिप झर्ने गरेको यातायात व्यवस्था कार्यालय, प्रदेश नं ३ कार्यालयले जनाएको छ । टुक्रा खसेको गुनासो लिएर दैनिक सेवाग्राही आइरहेको शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विभागलाई यसबारे जानकारी गराएका छौँ ।”

चालक अनुमतिपत्रबाट टुक्रा खसेपछि सिन्धुलीका करण थापा एकान्त कुनास्थित कार्यालय पुग्नुभयो । चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेको १० महीनापछि मात्र उहाँले अनुमतिपत्र पाउनुभयो । “टुक्रा खसेपछि ट्राफिक प्रहरीले समेत शङ्का गर्छ,” उहाँले भन्नुभयो, “ट्रायल पास गरेर लिएको अनुमतिपत्र सक्कली हो भन्ने प्रमाणित गर्न गाह्रो हुन्छ ।”

यातायात व्यवस्था कार्यालय प्रदेश मातहतमा गए पनि अहिलेसम्म सबै काम सङ्घले नै गरिरहेको छ । अरु कुराको गुनासो जसरी चालक अनुमतिपत्रमा देखिएको समस्याका बारेमा विभागलाई नै भनिरहेको उहाँले बताउनुभयो । कहिले स्मार्ट चालक अनुमतिपत्र छपाइमा ढिलाइ त कहिले टुक्रा खस्ने र कहिले सफ्टवेयरमा समस्या आउँदा कार्यालयले सेवाग्राहीलाई विभाग पठाउने गरिएको छ । नीतिगतरुपमा निर्णय भए पनि व्यावहारिकरुपमा विभागलाई नै कार्यालयले समस्या आउँदा सिफारिश गर्दै आएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  ३ : ३२ बजे