४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

निर्मलाको सामुहिक बलात्कार पछि हत्याः प्रहरी



काठमाण्डौ ।
कञ्चनपुरकी १३ वर्षिय बालिकाको सामुहिक बलात्कर पछि हत्या गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ । प्रारम्भिक आधार भेटिएको भन्दै सिआइबीको टोलीले उनीहरूलाई धनगढी हुँदै हवाइजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो ।
घटनालगत्तै महेन्द्रनगर खटाइएका सिआइबीका अंगुर जिसी निलम्बनमा परेपछि अनुसन्धानमा पठाइएका डिएसपी कमल थापाको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र विशाल चौधरीसहित चारजनालाई पक्राउ गरेको हो । समूहका एक सदस्यका रूपमा प्रदीप रावल मंगलबारदेखि नै प्रहरी वृत्त महाराजगन्जको थुनामा छन ।
पक्राउ परेकाहरू लागुऔषध दुव्र्यसनी रहेको र विगतमा पनि अपराधमा जोडिएको प्रहरी स्रोतको दाबी छ । घटनाको दिन निर्मलाको शव भएकै क्षेत्रमा उनीहरूको उपस्थिति देखिएको र घटनापछि शंकास्पद गतिविधि देखाएकाले पनि उनीहरूलाई पक्राउ गरेरै अनुसन्धानको दायरामा ल्याइएको प्रहरीको भनाइ छ । त्यस्तै काठमाडौंमा पक्राउ परेका प्रदीपले निर्मलास“ग चिनजान भएको भन्दै हिँडेको पत्ता लागेको पनि प्रहरीले जनाएको छ । निर्मला आफ्नो गर्लफ्रेन्ड भनेर आफूले केही ठाउ“मा गफ दिएको उनले प्रहरीस“ग पनि स्विकारेका छन् ।
पक्राउ परेकामध्ये केहीले अपराध स्वीकार गरे पनि नतिजा भने डिएनए रिपोर्टमै निर्भर हुने स्रोत बताउँछ । अभियुक्तले साबिती बयान नै दिए पनि डिएनए रिपोर्ट नमिलेमा मुद्दा नचल्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले छिटो प्रक्रियाबाट उनीहरूको डिएनए परीक्षण गराउँदै छ ।
यसअघि दिलीपसिंह विष्टले पनि सुरुमा प्रहरीसँग साबिती बयान दिएका थिए । विष्टलाई प्रहरीले अभियुक्तका रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । तर, पछि डिएनए रिपोर्ट नमिलेपछि नक्कली अभियुक्त खडा गरेको भन्दै आन्दोलन चर्किएको थियो । त्यसैले पक्राउ परेका व्यक्तिहरूविरुद्ध बलियो प्रमाण संकलन भए मात्र औपचारिक रूपमा बोल्ने प्रहरी तयारी छ ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  ३ : २१ बजे