४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रियल लयमा फर्कियो,मिल्लीको पोष्टमा ६ गोल



एजेन्सी,
ला लिगामा लय गुमाएको स्पेनिस क्लव रियल मड्रिडले कोपा डेल रे मा भने उत्कृष्ट पुनरागमन गरेको छ । कोपा डेल रे अन्तर्गत गयराति भएको खेलमा रियलले मिल्लालाई ६–१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा मार्को एसेन्सियो र इस्कोले दुईदुई गोल गर्न सफल भएका थिए । रियलले पहिलो हाफमा ३ तथचा दोश्रो हाफमा ३ गोल गरेको थियो । समग्रमा समग्रमा १०–१ गोल अन्तरले जित निकाल्दै अन्तिम १६ मा स्थान बनायो ।

३३ औं मिनेटमा मार्कोको गोलमार्फत खेलमा अग्रता बनायो । बनाएको रियलले अन्तिमसम्म ६ मा पुर्यायो । त्यसको दुई ३५ औँ मिनेटमा फेरी मार्कोले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमका अग्रता दुई शुन्यमा पुर्‍याए ।

३९ औ मिनेटमा मार्कोको पासमा हाभियर सान्चेजले गोल गर्दै रियलले तीन शून्य बनायो । पहिलो हाफमा तीन गोलले अगाडि रहेको रियलले ४७ औं मिनेटमा चोथौ गोल गर्‍यो । यसपटक इस्कोले उसकालागि गोल गरे । गोलको वर्षा भएको खेलमा रियलको गोलको क्रम यतिमा रोकिएन ।७५ औं मिनेटमा भिनिसियर जुनियरले रियलका लागि पाँचौ गोल गरे । ८१ औ मिनेटमा मिलीलाले एक गोल फर्काएपनि ८२ औं मिनेटमा फेरी इस्कोले रियलका लागि छैटौ गोल गरे ।पहिलो लेगमा चार शून्यको जित निकालेको रियलले सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  १ : ३३ बजे